Bisal Chautari Logo

सविनको ढाका टोपीमा ‘नमस्ते नेपाल’ ट्रेलर रिलिज || यूरोपी अभिनेत्रीसंग यस्तो रोमान्स

- २७ माघ २०७२, बुधबार १०:०५ मा प्रकाशित


Namaste Nepal movie dhaka topi sabin shrestha & Aana Belgium
विशाल चौतारी समाचार
कास्की, २०७२ माघ २७ बुधबार । पछिल्लो समयका ब्यास्त अभिनेता सविन श्रेष्ठको पछिल्लो चलचित्र ‘नमस्ते नेपाल’को ट्रेलर र २ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलर र गीतमा अभिनेता सविन ढाका टोपीका साथमा देखिएका छन् । नेपाललाई विश्वमा चिनाउने ढाका टोपीको धेरै चर्चा गरिएको छ ।
Namaste Nepal movie dhaka topi sabin shrestha & Aana Belgiumप्रदिप कुमार उदय, मन्दिरा श्रेष्ठ र श्रीजु शाहको लगानीमा तयार भएको यो चलचित्रलाई राजु शाहले निर्देशन गरेका हुन् । चलचित्रमा दिव्यराज सुवेदीको छायांकन, बसन्त सापकोटा, ओम सुनार, रियाज सिवाकोटीको संगीत, चन्द्र पन्तको एक्सन, राजु शाह र गोपाल ढकालको पटकथा तथा संवाद छ ।
Namaste Nepal movie dhaka topi sabin shrestha & Aana Belgium (1)चलचित्रको प्रदर्शन यूरोपबाट सुरु गरिने र नेपालमा साउनमा मात्र प्रदर्शन गरिने निर्माता प्रदिप उदयले जानकारी दिए । सम्पूर्ण दृश्य नै यूरोपमा छायांकन गरिएको यो चलचित्रमा सविन श्रेष्ठ, अन्ना कलान्डेज, अनुजा प्रधान, श्याम श्रेष्ठ, म्यूजिका श्रेष्ठ, नरेन्ऽ थापा, पार्वती अधिकारी, सनम कुमार वैराग, कमला दाहाल, गोपाल ढकालका साथमा यूरोपका विभिन्न देशमा रहेका कलाकारको अभिनय छ । चलचित्रको ट्रेलरलाई सस्पेन्स शैलीमा तयार पारिएको छ ।
Namaste Nepal movie dhaka topi sabin shrestha & Aana Belgium (2)कार्यक्रममा अभिनेता सविन श्रेष्ठका साथमा चलचित्रको यूनिट उपस्थित थियो । चलचित्रमा सगरमाथा, गौतम बुद्धको बारेमा पनि जानकारी दिइएको छ । निर्माता उदयका अनुसार चलचित्रले नेपाललाई पनि चिनाउनेछ । यस्तै, कार्यक्रममा बोल्दै निर्देशक राजु शाहले चलचित्रलाई पूर्णतया मनोरञ्जन शैलीमा निर्माण गरिएको बताए । अभिनेता सविन श्रेष्ठले चलचित्रमा यूरोपका विभिन्न देशका अभिनेत्रीसंग रोमान्स गरेका छन् ।

Namaste Nepal || नमस्ते नेपाल || Official Trailer HD

Dwarika Udaya Production Presents
in association with EVERGREEN WORLDWIDE ENTERTAINMENT(EWWE)
NAMESTE NEPAL
Cast: Sabin Shrestha,Aana Belgium,Shyam Shrestha Belgium,Gopal Dhakal,Adi Belgium,Jorge Belgium ETC.
Music: Dibya Subedi,Basanta Sapkota,Om Sunar
Editor: Banish Shah/Milan Shrestha
Cinematographer: Dibya Raj Subedi
Action: Chandra Panta
Choreographer: Raju Shah/Tereza Kalandadze
Color Grading: Manoranjan Shrestha
VFX: Aaki Sharma/Satyam Rana
Producer: Pradip Kumar Udaya/Mandira Shrestha/Shreeju Shah
Story/Direction: Raju Shah

प्रतिक्रिया