Bisal Chautari Logo

दयाहाङ र प्रियंकालाई जोडी बनाएर ‘कबड्डी’ निर्देशक रामबाबुको ‘पुरानो डुङ्गा’

- २५ माघ २०७२, सोमबार ११:३७ मा प्रकाशित


purano dhunga dayahang rai and priyanka karki movie
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७२ माघ २५ सोमबार । अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्कीलाई जोडी बनाएर चलचित्र ‘कबड्डी र कबड्डी कबड्डी’ बनाएर चर्चा कमाएका निर्देशक रामबाबु गुरुङको ‘पुरानो डुङ्गा’ निर्माण हुने घोषणा गरिएको छ । काठमाण्डौमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै यो चलचित्रको घोषणा गरिएको छ ।
purano dhunga dayahang rai and priyanka karki movie (3)चलचित्र ‘पुरानो डुङ्गा’ तालको किनारमा डुंगा चलाएर आफ्नो परिवारको जीवोकोपार्जन गरिरहेको भक्त बहादुर भुजेलको भाई बतास बहादुर भुजेलले अंशमा डुंगा लगिदिएपछि उसको परिवारमा आउने समस्याको वरिपरी यो चलचित्र घुम्नेछ बताइएको छ । चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ, मेनुका प्रधान, वुद्धि तामाङ, पुष्कर गुरुङ, धन बहादुर गुरुङ, सजन थापा, नौजङ गुरुङ, विश्वास गुरुङ र पूर्णिमा गुरुङको मुख्य भूमिका रहनेछ ।
purano dhunga dayahang rai and priyanka karki movieरौनक विक्रम काडेल, ओम चन्द्र रौनियार, धन बहादुर गुरुङ निर्माता रहेको चलचित्रमा बाल्मिकी पोख्रेल र अर्जुन कार्की कार्यकारी निर्माता छन् । राम बाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन रहेको चलचित्रमा माओत्से गुरुङको कथा छ । कार्यक्रममा बोल्दै अभिनेत्री प्रियंका कार्कीले एउटा राम्रो भएकै कारण यो चलचित्रमा काम गरेको बताउदै, यस टिमसँग जोडिन पाउनु आफ्ना लागि सबैभन्दा खुशीको क्षण भएको बताइन् । चलचित्रका मुख्य अभिनेता दयाहाङ राई भने अस्वास्थ्यका कारण कार्यक्रममा उपस्थित भएनन् ।
purano dhunga dayahang rai and priyanka karki movie (2)कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले चलचित्रलाई सफलताको शुभकामना दिदै, एउटा राम्रो टिमले बनाएको चलचित्रले अवश्यपनि चलचित्र विकाशमा टेवा पुर्‍याउने आसा व्याक्त गरे ।
चाडै नै छायांकनमा जाने यो चलचित्रलाई नेपाली परिवेश अनुसार बनाउने निर्देशक राम बाबुले बताए । अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्कीको जोडी पछिल्लो समय पर्दामा निकै दर्शकहरुले रुचाइरहेका छन् ।

प्रतिक्रिया