Bisal Chautari Logo

सोनिकाले ‘सलमान’ जस्तै यार ‘सविन’लाई पाएपछी…. (भिडियो सहित)

- २२ माघ २०७२, शुक्रबार १३:०१ मा प्रकाशित


Sonika Lama & sabin shrestha song SALMAN JASTAI YAAR CHAHIYO
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ माघ २२ शुक्रबार । गायिका सोनिका लामाको ‘सलमान जस्तै यार चाहियो बोलको गीत सार्वजनिक गरिएको छ । हिजो काठमाडौमा एक समारोहका बिच म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
Sonika Lama & sabin shrestha song SALMAN JASTAI YAAR CHAHIYOगायिका सोनिकाले ‘जवानीमा लाली चढ्यो’ बोलको म्युजिक भिडियो ल्याएको चर्चा सेलाउन नपाउदै उनले ‘सलमान जस्तै यार चाहियो’ बोल म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । गायिका सोनिकाले आफ्नो म्युजिक भिडियोमा सलमान खान जस्तै यार भने नेपाली चलचित्र क्षेत्रका ब्यस्त अभिनेता सविन श्रेष्ठलाई बनाएकी छन् ।
Sonika Lama & sabin shrestha song SALMAN JASTAI YAAR CHAHIYO (2)सोनिकाको चौथो एल्बम ‘सोनिका’ मा संगृहीत ‘सलमान जस्तै यार चाहियो’ गीतको भिडियोमा सविनसग सोनिका आफैले मोडलिङ गरेकी छन् । केदार नेपालीको शब्द तथा संगीत रहेको यस गीतको भिडियो निर्देशन दशरथ गिरीले गरेका हुन् । यस म्युजिक भिडियोमा नरेशबीर सिंहको कोरियोग्रफी रहेको छ भने छायांकन रामेश्वर कार्कीले गरेका हुन् ।

Sonika Lama & sabin shrestha song SALMAN JASTAI YAAR CHAHIYO (1)सोनिकाको ‘सलमान जस्तै यार चाहियो’ गीतको भिडियोलाई श्रोता तथा दर्शकमाझ ल्याउने काम भने चियर्स इन्टरटेनमेन्टले गरेको छ । सोनिकाले यसअघि ‘बेसहारा’, ‘कस्तो यो जीवन’ र ‘सोनिकाको जवानी’ नामका एल्बम बजारमा ल्याईसकेकी छन् । भने अन्य गीतहरुको पनि म्युजिक भिडियो चाडै ल्याउने तयारी भइरहेको गायिका सोनिकाले बताइन् ।

प्रतिक्रिया