Bisal Chautari Logo

सुरु भयो एसपी खरेल निखिल र डिएसपी थारु सौगातको टकरावमा ‘संरक्षण’

- १८ माघ २०७२, सोमबार १४:४८ मा प्रकाशित


sanrakshan movie nikhil upreti and saugat malla 
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ माघ १८ सोमबार । चलचित्र ‘संरक्षण’को छायांकन सुरु गरिएको छ । अघोषित नाकाबन्दी केही खुकुलो भएपछि यो चलचित्रको छायांकन पनि सुरु गरिएको हो । काठमाण्डौ, विरगञ्ज र हेटौडामा फिल्मको छायांकन हुनेछ । चलचित्रमा राजनीति, शक्तिको विचमा जनता कसरी पेलिन्छन् भन्ने कथालाई देखाउन खोजिएको छ ।
sanrakshan movie nikhil upreti and saugat mallaजसमा मिडिया र प्रहरीको भूमिकालाई पनि चित्रित गरिनेछ । चलचित्र ‘संरक्षण’मा एसपी खरेलको भुमिकामा निखिल उप्रेति र डिएसपी थारुको भुमिकामा सौगात मल्लको टकराव देख्न सकिनेछ । चलचित्रमा निखिल उप्रेती, सौगात मल्ल, मलिना जोशी, अशिष्मा नकर्मी मुख्य भूमिकामा छन् ।
यो चलचित्रको छायांकन ३५ दिनमा सक्ने योजना निर्देशक पुर्णेन्दु झाको छ । चलचित्रलाई प्रदिप कुमार उदय, नरेन्द्र महर्जन, पुर्णेेन्दु झा, नन्दु श्रीवास्तव लगायतले निर्माण गर्न लागेका हुन् । चलचित्र ‘संरक्षण’ २०७३ सालको भदौ महिनामा प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया