Bisal Chautari Logo

व्यवस्थित रेड कार्पेट प्रिमियर शोमा ‘पशुपति प्रसाद’ रुचाइयो (फोटो फिचरसहित)

- १५ माघ २०७२, शुक्रबार १५:३८ मा प्रकाशित


khagendra Lamichane & Barsha Siwakoti movie Pashupati Prasad
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ माघ १५ शुक्रबार । वर्ष ०७२ को प्रतिक्षित चलचित्र ‘पशुपती प्रसाद’को भव्य अनी व्यवस्थित रेड कार्पेट प्रिमियर शोमा अत्याधिक रुचाइएको छ । आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको ‘पशुपती प्रसाद’को हिजो राजधानीको जय नेपाल हलमा रेड कार्पेट प्रिमियर शो गरिएको थियो ।
khagendra Lamichane & Barsha Siwakoti movie Pashupati Prasad (2)दिपेन्द्र के. खनालद्धरा निर्देशित चलचित्र ‘पशुपती प्रसाद’को प्रियिमर व्यवस्थित तवरले आयोजना गरिएको थियो । रेड कार्पेटमा सेलिव्रेटिहरुको निकै ठुलो भिड थियो । सिनेमा हेर्न हलभित्र छिरेका सबैले सुरुदेखी अन्त्य सम्म सिनेमा हेरे । अन्य प्रिमियर शोमा जस्तो बिच भागमा निस्केर जाने कोहि थिएनन् । करिब २ घन्टा ११ मिनेट लामो चलचित्र हेरेर हलबाट बाहिर निस्किएका चलचित्रकर्मी, पत्रकारदेखि अन्य पाहुनाहरु भावूकताका साथमा चलचित्र युनिटलाई बधाई बोल्न आतुर देखिन्थे ।
khagendra Lamichane & Barsha Siwakoti movie Pashupati Prasadउता चलचित्रका निर्देशक दिपेन्द्र खनाल, अभिनेता खगेन्द्र लामिछाने बधाईको साथमा सिनेमाको प्रतिक्रिया सुन्नमा ब्यास्त रहेका थिए । साथै सिनेमा हेरेपछी फोटो र सेल्फि खिचाउनेहरुको निकै लामै लर्को थियो । खगेन्द्र लामिछाने, बर्षा सिवाकोटी, विपिन मल्ल लगायत मुख्य भूमिकामा रहेको यो चलचित्र हेर्न बरिष्ठ हास्य अभिनेता हरिवंश आचार्य परिवार, चलचित्र विकाश बोर्ड अध्यक्ष राजकुमार राई, अभिनेता सरोज खनाल, निर्देशक विकास आचार्य, अभिनेत्री ऋचा शर्मा, माला लिम्बु, कोरियोग्राफर रिनेशा बान्तावा राई, निर्देशक निश्चल बस्नेत, रामबाबु गुरुङ, लगायतका चलचित्रकर्मी हलमा देखिए ।

khagendra Lamichane & Barsha Siwakoti movie Pashupati Prasad (6)

khagendra Lamichane & Barsha Siwakoti movie Pashupati Prasad (5)

khagendra Lamichane & Barsha Siwakoti movie Pashupati Prasad (3)

khagendra Lamichane & Barsha Siwakoti movie Pashupati Prasad (1)

khagendra Lamichane & Barsha Siwakoti movie Pashupati Prasad (7)

प्रतिक्रिया