Bisal Chautari Logo

अनमोल र साम्राज्ञीको ‘ड्रिम्स’ गीत सार्वजनिक || छायांकन पक्ष उत्कृष्ट (भिडियो)

- ११ माघ २०७२, सोमबार १६:२१ मा प्रकाशित


Anmol K.C & Samragyee R.L Shah movie DREAMS Song
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ माघ ११ सोमबार । अभिनेता अनमोल केसी र नव अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मीद्धरा अभिनित चलचित्र ‘ड्रम्स’को ट्रेलर हेर्नेको संख्या युटुबमा ९ लाख बढी पुग्दा सिनेमाको गीत सार्वजनिक गरिएको छ । अभिनेता भूवन केसीद्धरा पहिलो निर्देशित चलचित्र ‘ड्रिम्स’को पहिलो गीत सार्वजनिक गीतमा छायांकन पक्ष सबैभन्दा उत्कृष्ठ रहेको छ ।
Anmol K.C & Samragyee R.L Shah movie DREAMS Songसार्वजनिक गीतमा अभिनेता अनमोल र नव अभिनेत्री साम्राज्ञीलाई फिचर गरिएको छ । यस गीतको छायांकन पुरुषोत्तम प्रधानको रहेको छ । सुपर काजोल फिल्मस्को ब्यानरमा तयार भएको चलचित्रको ‘म के भनु’ बोलको गीतलाई हेर्कुलस बस्नेत र सोमिया बराइलीले स्वर दिएका छन् । यो गीतमा हेर्कुलसकै शब्द, विशेष र रोदितको संगीत छ । कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतको लोकेशनपनि उत्तिकै तारिफ गर्न लायक रहेको छ ।
Samragyee R.L Shah movie DREAMS Songफागुन २१ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रलाई लिएर अहिले सिंगो चलचित्र क्षेत्र र दर्शकमा उत्साह देखिएको छ । अभिनेता अनमोल केसीको बढ्दो क्रेजका कारण पनि यो चलचित्रको पर्खाइ दर्शकदिर्घामा निकै रहेको पाइएको छ ।

DREAMS Nepali Movie Song | Ma Ke Bhanu | Anmol K.C, Samragyee R.L Shah, Bhuwan K.C 2016 4K

Super Kajol Films Presents DREAMS
Singer: Hercules Basnet, Somiya Baraili
Music/Lyricist: Hercules Basnet
Film Mix: Uttam Neupane
Song Mixing: Bizu Karmacharya
Music Arranger: Almoda Rana Uprety
Choreographer: Kabiraj Ghatraj
Artist: Anmol K.C, Samragyee Rajya Laxmi Shah
Studio: Kripa Drishya Digital Studio, Tripureshwor
Producer: Bhuwan K.C. DR.Kapil Rijal, Bhanu Phuyel, Satyanarayan Keyal
Co-Producer: Raja Pradhan, Krishna Pandey
Associate Director: Diwakar Bhattarai
Post-Production: Busy Bee Entertainment
Releasing On: 21 Falgun, March 4

प्रतिक्रिया