Bisal Chautari Logo

कलाकारहरुको महान् चाड गाईजात्रामा चटारो, क–कस्लाई हान्ने हुन्, झटारो

- ३२ श्रावण २०७०, शुक्रबार ०९:५० मा प्रकाशित


३२, साउन काठमाडौ । हास्य व्याङ्ग्य कलाकारहरुको हमान चाड मानिने गाईजात्रा महोत्सव ठिक एक हप्तापछि सुरु हुने भएको छ । त्यससंगै गाईजात्राको लागि हास्यव्यंग्य कलाकारहरुलाई चटारोपनि शुरु भएको छ । विभिन्न व्याक्तित्वहरुलाई व्याङ्ग्यात्मक किसिमले झटारो हान्न उनिहरु अहिले लागि परिरहेका छन् ।

तर हास्यव्याङ्ग्य कलाकारहरु यस वर्षपनि एउटै मन्चमा भने दर्शकहरुले देख्न नपाउने भएका छन् । अघिल्ला वर्षहरुजस्तै यसवर्ष पनि हास्य कलाकारहरु दुई समूहमा बाँडिएर गाईजात्रा प्रस्तुति गर्ने तयारीमा छन् । हास्य कलाकारहरुको एक समूहले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गरी आफ्नो प्रस्तुतिबारे जानकारी गराएको थियो । भदौ ५ गतेदेखि १५ गतेसम्म हाजमोला झ्याइकुँटी, जय होसका साथमा हर्के हल्दार गाईजात्रा महोत्सव हुने आयोजक डाबर नेपालले जनाएको छ । आयोजकका अनुसार काठमाडौको राष्ट्रिय सभागृहमा हुने महोसत्वमा बिदाका दिनमा २ र अरु दिन एउटा कार्यक्रम हुनेछन् ।
पत्रकार सम्मेलनमा कलाकारहरुले गाईजात्रामा देखाइने प्रहसनको झल्को पनि प्रस्तुत गरेका थिए । पछिल्ला राजनीतिक घटनाक्रम र सामाजिक विषयवस्तुलाई शिष्ट र सभ्य ढंगले प्रस्तुत गरिने कलाकार दमन रुपाखेतीले जानकारी दिए । पत्रकार सम्मेलनमा हास्यव्याङ्ग्य कलाकारहरुले गाईजात्राको केही झल्को पनि प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया