Bisal Chautari Logo

ज्योतिराजको हातबाट धावकहरुलाई जुत्ता तथा टीसर्टहरु बितरण

- ४ माघ २०७२, सोमबार १५:४६ मा प्रकाशित


jyotiraj rai handover Runners to take shoes & t shirt
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ माघ ०४ सोमबार । चलचित्र निर्माता ज्योतिराज राईको हातबाट लगातार २० हप्ता देखी ५० हप्ता सम्म दौडने धावकहरुलाई जुत्ता तथा टीसर्टहरु बितरण गरिएको छ । केही दिन अगाडी वितरण गरिएको कार्यक्रमको आयोजना नेवा च्यारेटीले गरेको हो । धरान रन बिगत ४ बर्ष बाट सुरु गरिएको हो, र यो सस्था को मुख्य उद्देश्य हेल्थ अवर्नेससंगै दौडनुपर्छ स्वास्थ रहनु पर्छ भन्ने रहेको धरान रनको अध्यक्ष मनिष तामाङले बताए ।
jyotiraj rai handover Runners to take shoes & t shirtनेवा च्यारेटी द्वारा धरान रन बिगत ४ बर्ष बाट सुरु गरिएको हो । यो सस्थाको सस्थापक अध्यक्ष सन्तोस राई रहेका छन् । र धरान रन को अध्यक्ष मनिष तामाङ हुन् । यो सस्थाले धरानमा हरेक शनिवार बिहान बालक बृदा सबै जना दौडाउने काम गरिरहेको छ । र हरेक बर्ष धरान रन द्वारा धरान युके रन गर्ने गरेको छ । जस्मा देश भरिका दौड मा इच्छुक धावकहरुले भाग लिने गरेको छ । लगातार २० हप्ता देखी ५० हप्ता सम्म दौडने धावकहरुलाइ ज्योतिराज राईको आतिथ्यमा जुत्ता तथा टीसर्टहरु बितरण गरिएको थियो ।
सस्थापक अध्यक्ष सन्तोष राई चै युके बाट हरेक साल धरान आउने क्रममा यो च्यारेटीबाट उठेको रकम विभिन्न किसिमका असाय अनि अंग भंग भएका ब्याक्तीहरुलाई सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया