Bisal Chautari Logo

म्यूजिक भिडियो अवार्ड हुदै || को बन्ला सर्वोत्कृष्ट मोडल ?

- ३० पुष २०७२, बिहीबार १६:५४ मा प्रकाशित


nepali music video award 2016
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७२ पौष ३० बिहिबार । चलचित्र सम्बन्धी विभिन्न किसिमका अवार्ड भैरहेको समयमा अब ‘म्यूजिक भिडियो अवार्ड’ पनि हुने भएको छ । केही दिन अगाडी काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै अवार्ड गर्न लागिएको जानकारी दिइएको थियो । यो अवार्ड चलचित्र प्राविधिक संघका पूर्व अध्यक्ष मनोज केसी र उनको टिमले यो अवार्ड गर्न लागेको हो ।
nepali music video award 2016-1अवार्डको बारेमा बोल्दै मनोज केसीले आफूलाई म्यूजिक क्षेत्रमा लागेका कलाकर्मीले यस बिषयमा अवार्ड गर्न आग्रह गरेको भन्दै अब यसतर्फ लागेको बताए । यसअघि प्राविधिक संघको अध्यक्ष पदमा रहादा मनोजले ३ वटा देशमा चलचित्र सम्बन्धी अवार्ड गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै मनोजले जनवरी महिनाको अन्तिमसम्म आवेदन दिन सकिने बताएका छन् । उनले काठमाण्डौमा भव्य कार्यक्रमको आयोजना गरेर वा कुनै देशमा अवार्ड गर्ने जानकारी दिए । चैत्र ३० गते अवार्डको आयोजना हुनेछ । जसका लागि आवेदन खुल्ला गरिएको जानकारी दिइयो । साथै कार्यक्रममा पत्रकार भरत शाक्यले नेपाली म्यूजिक भिडियोको इतिहासको बारेमा जानकारी दिए ।
nepali music video award 2016अहिलेसम्म कतीवटा विधामा अवार्ड प्रदान गर्ने भन्ने बिषयमा निर्णय गरिएको छैन । तर, चाडै नै विधा पनि घोषणा गरिने आयोजकले बताएको छ ।

प्रतिक्रिया