Bisal Chautari Logo

अर्जुन र आलिया जोडी सफल

- १ जेष्ठ २०७१, बिहीबार ०९:३० मा प्रकाशित


Arjun-Kapoor-Alia-Bhatt
एजेन्सी
मुम्बई, २०७१ जेठ १ विहिवार ।  अभिनेता अर्जुन कपुर र आलिया भट्ट जोडी बलिउडमा सफल बनेको छ । केही समय अगाडीदेखी रिलिज भएको चलचित्र ‘टु स्टेट’ नामक सिनेमाले सय करोडको क्लबमा आफूलाई उभ्याएपछि यी दुईको जोडी बलिउडमा सफल रहेको हो ।
धर्म प्रोडक्शनको ब्यानरमा तयार भएको यो सिनेमा चेतन भगतको ‘टु स्टेट’ नामक पुस्तकमाथि आधारित रहेर तयार पारिएको हो । सिनेमाले प्रदर्शनमा आएको चौथो हप्तामा सय करोडको मार्क छोएको बलिउड सञ्चार माध्ययमहरुले जनाएका छन् । बलिउड बक्स अफिसमा यो बर्ष सय करोड कमाएने ‘टु स्टेट’ दोस्रो चलचित्रपनि बनेको छ । यसले आलिया र अर्जुनको सिने करिअरलाई पनि निक्कै माथि पुर्‍याइदिएको बलिउड चलचित्र समिक्षकहरुको समिक्षा रहेको छ । चलचित्रमा अभिनेता अर्जुन र अभिनेत्री आलियाले चलचित्रमा फरक अभिनयका साथै चुम्बनका दृश्यहरु समेत दिएका छन् ।

प्रतिक्रिया