Bisal Chautari Logo

चलचित्र बोर्ड अध्यक्ष राजकुमारको हातबाट रसुवाको भुकम्प पीडितलाई राहत वितरण (फोटो फिचरसहित)

- ३० पुष २०७२, बिहीबार १३:२२ मा प्रकाशित


Rajkumar rai handover helping you uk earthquake victims rasuwa relief distribution
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७२ पौष ३० बिहिबार । गत बैशाखमा गएको भुकम्प पीडितहरु बढ्दो जाडोका कारण जनजिवन कस्टकार बन्दै गइरहेको बेलामा ‘हेल्पिङ यु’ युकेले रसुवा जिल्ला लहरेपौवा गा.बि.स को नौबिसेमा भुकम्प पीडितहरुलाई न्यानो कपडा वितरण गरेको छ । भुकम्प पीडितहरुलाई न्यानो कपडा नेपाल चलचित्र विकाश बोर्ड अध्यक्ष राजकुमार राईको हातबाट वितरण गरिएको थियो ।
Rajkumar rai handover helping you uk earthquake victims rasuwa relief distribution१८६ घरपरिवारलाई वितरण गरिएको समारोहमा राहत वितरण गर्न पुगेका बोर्ड अध्यक्ष राजकुमार राईले भुकम्प पीडितहरुलाई राहत वितरण गर्दै आफु एक प्रतिनिधि पात्र मात्र रहेको बताउदै हेल्पिङ यु युकेले यो सबै प्रोभाइट गरेको बताए ।
Rajkumar rai handover helping you uk earthquake victims rasuwa relief distribution (5)‘हेल्पिङ यु’ युकेका टिम लेकराज लिम्बु र सान्तोस राईको संयोजनमा गत बैशाखमा गाएको भुकम्पबाट पीडित भएर घरबार बिहिन भएकाहरुलाई राहत वितरण गर्दै आएको नेपाल संयोजक तथा चलचित्र निर्माता ज्योतिराज राईले बताए । सिन्धुपाल्चोक, दोलखा, नुवाकोट र रसुवा लगायत जिल्लाहरुमा राहत वितरण गर्दै आएको ज्योतिराज राईले जानकारी दिए । यस भन्दा अगाडी ‘हेल्पिङ यु’ युकेले २०० धन्दा बढी घरमा जस्तापाता वितरण, स्कुल निर्माण लगायत काम गरिसकेको छ । अहिले सम्म ‘हेल्पिङ यु’ युकेले भुकम्प पीडितहरुलाई करिव ५० लाख भन्दा बढीको लागतमा राहत वितरण गरिसककेको छ ।
Rajkumar rai handover helping you uk earthquake victims rasuwa relief distribution (3)यही क्रममा रसुवा जिल्ला लहरेपौवा गा.बि.स को नौबिसेमा जाडो ढाक्नका लागी न्यानो कपडा वितरण गरिएको हो । ‘हेल्पिङ यु’ युकेका नेपाल संयोजक ज्योतिराज राईको साथमा कुमार गुरुङ, केशव गुरुङ, केशव भट्टराई, बाबुराम भट्टराई, रामहरी लगायतको पहलमा रसुवा जिल्ला लहरेपौवा गा.बि.स को नौबिसेमा भुकम्प पीडितहरुलाई न्यानो कपडा वितरण गरेको हो । राहत पाएपछी निकै हर्सिद देखिएका भुकम्प पीडितहरु सरकारले चाही वास्ता नगरेको गुनासो ब्याक्त गरे ।

Rajkumar rai handover helping you uk earthquake victims rasuwa relief distribution (7)

Rajkumar rai handover helping you uk earthquake victims rasuwa relief distribution (4)

Rajkumar rai handover helping you uk earthquake victims rasuwa relief distribution (6)

helping you uk earthquake victims rasuwa relief distribution (2)

helping you uk earthquake victims rasuwa relief distribution (1)

प्रतिक्रिया