Bisal Chautari Logo

‘बागमती’ प्रिमियरमा पत्निसहित हमाल || शिव, केकी र श्रेया सहित यस्तो देखियो फोटो फिचरमा

- २५ पुष २०७२, शनिबार १७:०३ मा प्रकाशित


Rajesh Hamal & Shiva Shrestha Keki Adhikari and Shreya Karki movie BAGMATI
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई ( https://www.facebook.com/Bishalrais/ )
काठमाडौ, २०७२ पौष २५ शनिबार । हिजो शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ’बागमती’को साझ राजधानीको बिग सिनेमा हलमा स्पेसल प्रिमियर शो सम्पन्न गरिएको छ । जहा सिनेमा हेर्ने चलचित्रकर्मी तथा सञ्चारकर्मीको बाक्लो उपस्थिती थियो ।
Rajesh Hamal & Shiva Shrestha Keki Adhikari and Shreya Karki movie BAGMATI‘बागमती’ चलचित्रमा लिड कलाकारको रुपमा रहेका महा–अभिनेता राजेश हमाल पत्नि मधु भट्टराईसग देखिए । हमालको कुममा बेरिएर मधु हल छिरेकी थिईन् । साथमा एक्सन किङ, पुराना अभिनेता शिव श्रेष्ठ, अभिनेत्री केकी अधिकारी, डेब्यु अभिनेत्री श्रेया कार्की लगायतले सगै चलचित्र हेरे । पर्यटन मन्त्री आनन्द पोखरेल प्रमुख अतिथी रहेको कार्यक्रममा उनले फिल्मी शैलीमा नेता भएको कारण धेरै बोल्छ भन्ने मान्यता जनतामा परेको भन्दै कम बोल्छु भन्दा हल हासोले गुञ्जिएको थियो । चलचित्र हेरिसकेपछि सस्पेन्स थ्रिलर जनराको यो फिल्मको मेकिङ तथा सिनेमाटोग्राफीलाई दर्शकले राम्रो तारिफ गरे । तर धेरै कुरा सिक्वेलको लागी छाडेको यो फिल्म पुर्ण रुपमा हेर्न नपाएको धेरैको गुनासो थियो ।
Rajesh Hamal & Shiva Shrestha Keki Adhikari and Shreya Karki movie BAGMATI (1)दक्षिण भारतिय निर्देशक सन्नी केरालाले बनाएको यो फिल्ममा हमाल, शिव र केकीसागै श्रेया कार्की रबिकर घिमिरे, ध्रुब कोईराला लगायत अभिनयमा छन् । दिनेश दर्शनधारी र बिजय सत्याल प्रस्तुतकर्ता रहेको फिल्ममा नागेन्द्र घिमिरेले प्रोडक्शनको सम्पुर्ण काम सम्हालेका थिए । अनिष नापित कार्यकारी निर्माता रहेको ‘बागमती’मा लगानीमा भने यशोधा राई र सुवर्ण महर्जनले पनि साझेदारी गरेका छन् ।

Rajesh Hamal & Shiva Shrestha Keki Adhikari and Shreya Karki movie BAGMATI (5)

Rajesh Hamal & Shiva Shrestha Keki Adhikari and Shreya Karki movie BAGMATI (3)

Rajesh Hamal & Shiva Shrestha Keki Adhikari and Shreya Karki movie BAGMATI (2)

Rajesh Hamal & Shiva Shrestha Keki Adhikari and Shreya Karki movie BAGMATI (4)

प्रतिक्रिया