Bisal Chautari Logo

‘फन्को’मा काम गर्दा दया र केकीको आ–आफ्नै सम्झना || सौगातलाई ‘बोल्नु केही छैन’ (फोटो फिचरसहित)

- २५ पुष २०७२, शनिबार १६:१४ मा प्रकाशित


Dayahang Rai Saugat Malla and Keki Adhikari movie FANKO
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७२ पौष २५ शनिबार । सार्वजनिक ट्रेलर, गीतसंगीतको कारणले चर्चामा रहेको चलचित्र ‘फन्को’ माघ १ देखि प्रदर्शनमा आउन लागेको छ । ‘फन्को’ को ‘ठूङ्दे’ बोलको गीत निकै चर्चामा रहेको छ, र चलचित्र निर्माण युनिटले यही गीतलाई प्रचार–प्रसारको हतियार बनाइएको छ । हिजो शुक्रबार गरिएको चलचित्रका कार्यक्रममा पनि सोही गीतलाई बढी चर्चा गरियो । चलचित्रको पोष्टर भन्दा बढी ‘ठूङ्दे’ बोलको गीतको पोष्टरमा फोटो खिचाउने निर्माण युनिटले सबैलाई आग्रह गरेका थिए ।
Dayahang Rai Saugat Malla and Keki Adhikari movie FANKOचेतन सापकोटाले आफ्नै संगीतमा रेश्मा सुनुवारसग गाएको उक्त गीत कार्यक्रममा पनि गाएरै सुनाइयो । कार्यक्रममा यस गीतका गीतकार राजेन्द्र थापासंगै चलचित्रका कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, केकी अधिकारी नाच्न स्टेज अगाडी आएका थिए ।
Dayahang Rai Saugat Malla and Keki Adhikari movie FANKO (1)चलचित्रका मुख्य कलाकार सौगात मल्ललाई चलचित्रको बारेमा बोल्न आग्रह गर्दा ‘बोल्नुपर्ने केही छैन, धन्यवाद’ भन्दै कुरा टुंग्याउदा सबैजना चकित खाए । तर चलचित्रका अर्का मुख्य अभिनेता दयाहाङ राईले भने सिनेमा गर्दाताकाको कुराहरु निकै समय लिएरै बोले । दयाहाङ सुटिङको क्रममा जाडो मौसम परेकोले हरेक सिन दिदा एकै टेकमा ओके होस् भन्ने चाहना भएको भन्दै थपे, ‘त्यो बेलाको समय सम्झिने चलचित्र हो’ तर उनले कुन समयका बारेमा हो भन्नेमा गोप्य हुनै चाहे । यति भने, ‘जून समय हामीले भोगेरै आएका हौं । कुन बेलाको हो भन्ने त फिल्म हेरेपछि थाहा भई नै हाल्छ ।’
Dayahang Rai Saugat Malla and Keki Adhikari movie FANKO (3)यसअघि चलचित्र ‘सुनगाभा’ बनाएर तारिफ कमाएका निर्देशक सुवर्ण थापाले भने ‘कानले देख्दैन, आाखाले सुन्दैन’ भने झैं फिल्मले देखिएको सबै सत्य नहुन पनि सक्छ भन्ने नै चलचित्रको विषय रहेको बताए । ‘जे देखिन्छ, त्यो भ्रम पनि हुनसक्छ । फिल्मको विषय नै यही हो’ सुवर्णले भने । चलचित्रमा समावेश घटनाले हाम्रै समाजका चरित्रका मानवीय समस्या, दरिद्रता, संकोचलाई उजागर गर्ने दाबी गरे । त्यस्तै चलचित्रका अभिनेत्री केकी अधिकारीले भने सुवर्णसँग काम गर्ने इच्छा पुरा भएको कुरा सुनाउदै भनिन्, चलचित्रका कोस्टार पनि यति सक्षम हुनुहुन्थ्यो की मैले धेरै कुरा सिक्ने मौका पनि पाए ।’
Dayahang Rai Saugat Malla and Keki Adhikari movie FANKO (2)कार्यक्रममा चलचित्रका निर्माता नरेन्द्र महर्जन सिनेमाको चर्चादेखी निकै उत्साहित रहेका थिए । चलचित्रकी अर्की अभिनेत्री प्रियंका कार्की देश बाहिर भएकाले अनुपस्थित रहिन् । पोखरादेखि काठमाडौंसम्मको सडक यात्राको वर्णन रहेको चलचित्र ‘फन्को’मा सौगात, दयाहाङ, केकीसहित अनुप बराल, प्रियंका कार्कीलगायतको अभिनय रहेको छ ।

Subarna Thapa movie FANKO

Dayahang Rai Saugat Malla and Keki Adhikari movie FANKO (4)

FANKO || फन्को || Nepali Movie || Official Trailer
HMMT Movies Presents
“FANKO”
A Film by: Subarna Thapa
Actors : Dayahang Rai, Saugat Malla, Priyanka Karki, Keki Adhikari and Anup Baral
Music: Chetan Sapkota
Producer: Narendra Maharjan
Direction: Subarna Thapa

प्रतिक्रिया