Bisal Chautari Logo

अनिलाको ७ औ एल्बम ‘स्वरांकन’ विमोचन || १४ गीत समावेश (फोटोफिचर सहित)

- २५ पुष २०७२, शनिबार ०७:११ मा प्रकाशित


anila rai 7 albam release
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७२ पौष २५ शनिबार । गायिका अनिला राईको ७ औ एल्बम ‘स्वरांकन’ विमोचन भएको छ । गत बिहिबार काठमाडौमा एक समारोहको विच ७ औ एल्बम ‘स्वरांकन’ विमोचन गरिएको छ । एल्बमको विमोचन प्रमुख अतिथीद्धय अभिनेत्री गौरी मल्ल र पूर्वमिस नेपाल रुबि राणा, गायिका अनिलाकी आमा, प्राज्ञ संगीतकार शान्तिराम राई लगायतले संयुक्तरुपमा विमोचन गरेका थिए ।
anila rai 7 albam releaseविमोचित एल्बम ‘स्वरांकन’ मा १४ वटा गीत समावेश रहेको छ । एल्बम विमोचन समारोहमा बोल्दै गायिका अनिलाले भनिन्, ‘लामो समयपछि एल्बम ल्याएकाले १४ वटा गीत समेटेकीे हु । एउटा एल्बममा १४ गीत समावेश गर्नुको पाछाडी म कती नेपाली संगीतमा लाग्न, निरन्तरता दिन आतुर रहेकोपनि यो कामले देखाउछ ।’ एक दशकदेखि बेलायतमा बस्दै आएकी उनले आफ्नो सांगीतिक उकुस–मुकुस मेट्नका लागि पनि एल्बममा सोचेभन्दा बढी गीत अटाएको बताइन् ।
anila rai 7 albam release (7)एल्बम विमोचनपछि बोल्दै प्रमुख अतिथिद्धय अभिनेत्री गौरी मल्ल र पूर्वमिस नेपाल रुबि राणाले बधाई दिए । साथे अनिलाको गायन र लगनशिलताको प्रशंसा समेत गरेका थिए । अभिनेत्री मल्लले कार्यक्रममा गीतपनि गाएकी थिइन् । त्यस्तै कार्यक्रममा प्राज्ञ संगीतकार शान्तिराम राईले गायिका अनिलाको साङ्गीतक करियरको बारेमा प्रकाश पार्दै एल्बम ल्याएकोमा बधाई दिएका थिए ।
anila rai 7 albam release (4)१४ गीत समावेश एल्बममा पहिलो जस्तो हुदैन भेट, मेरो नजरभन्दा पर, यो जीवनमा वहार छायो, आाखाभरी इन्द्रेणी, जीन्दगी सधैं नै, फलोस् फूलोस्, खाली भो चुल्ठो, आाखाबाट सम्झना, बादलसागै उडेर, तिमीले दिएको माया र मेरो हिड्ने बाटो बोलका गीत रहेका छन् । ती गीतमा डाक्टर किरात, ताराप्रकाश लिम्बू, बिबी अनुरागी, भुवन सुप्तिहाङ राई, महेश खड्का, पावल चाम्लिङ, रेवत राई, राई नविन र शान्तिराम राईको संगीत रहेको छ भने हेमकुमार राई, मुकेश राई, टिका चाम्लिङ, निर्मला राई ‘परिवेश’ र ती वटा गीतमा गायिका अनिलाकै शब्द रहेको छ ।
anila rai 7 albam release (8)एल्बम विमोचन समारोहमा एल्बमका दुई गीत ‘मेरो नजरभन्दा पर’ र ‘आाखाभरी इन्द्रेणी’ बोलको गीतको म्युजिक भिडियोमा पनि देखाइएको थियो । ती दुवै भिडियोको निर्देशन मिलन चाम्सले गरेका हुन् । यी भिडियोमा अभिनेत्री केकी अधिकारी, बेनिशा हमाल र निरञ्जन प्रधानलगायतका कलाकारले मोडलिङ गरेका छन् । सार्वजनिक भिडियोकोपनि तारिफ एल्बम विमोचन समारोहमा भएको थियो ।

anila rai 7 albam release (9)

anila rai 7 albam release (10)

anila rai 7 albam release (11)

anila rai 7 albam release (5)

anila rai 7 albam release (2)

anila rai 7 albam release (1)

प्रतिक्रिया