Bisal Chautari Logo

महिलाको भेषमा अभिनेता राजेश हमाल किन ? (भिडियो सहित)

- २१ पुष २०७२, मंगलवार १६:१० मा प्रकाशित


Rajesh hamal Woman costume in movie Shakuntala
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ पौष २१ मंगलबार । नेपाली चलचित्र क्षेत्रका महा–अभिनेता राजेश हमालको महिलाको भेषमा खिचिएको तस्बिर सार्वजनिक भएको छ । यो तस्बिर अभिनेता राजेश अभिनित चलचित्र ‘शकुन्तला’को छायांकन स्थलबाट बाहिरिएको हो ।

दिनेश श्रेष्ठको निर्देशनमा तयार भैरहेको चलचित्रमा अभिनेता हमाल महिलाको भेषमा देखिएका छन् । सारी लगाएर लामो कपाल पालेका हमालको यो गेटअपलाई देख्ने वित्तिकै भन्न सकिन्छ, चलचित्रमा ‘शकुन्तला’ को भूमिका राजेश हमालले नै निर्वाहा गरेका छन् । र सार्वजनिक तस्बिरमा अभिनेता हमालको गेटअपले साच्चिकै महिला जस्तै देखिएको पनि छ ।
Rajesh hamal Woman costume in movie Shakuntalaकेही समय अगाडी पत्रकार सम्मेलनमा अभिनेत्री अनु र राजेशले ‘शकुन्तला’ को भन्नेमा कुरा लुकाएका थिए । पत्रकार सम्मेलनमा अभिनेता हमालले चलचित्रको शिर्ष पात्र पुरुष वा महिला जो पनि हुन सक्ने भन्दै कुरा लुकाएका थिए । चलचित्रमा अनु शाह, किशोर खतिवडा लगायतका कलाकारको पनि अभिनय छ ।

Rajesh hamal Woman costume in movie Shakuntala (3)

Rajesh hamal Woman costume in movie Shakuntala (2)

Rajesh hamal Woman costume in movie Shakuntala (1)

Rajesh hamal Woman costume in movie Shakuntala-1

प्रतिक्रिया