Bisal Chautari Logo

सारिकाको यस्तो पहिरण || सविनको एक्सनमा ‘लक्ष्य’को ट्रेलर सार्वजनिक

- १९ पुष २०७२, आईतवार ०७:१३ मा प्रकाशित


Sabin Shrestha and Sarika Kc movie LAKSHYA
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ पौष १९ आइतबार । चलचित्र ‘लक्ष्य’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेता सविन श्रेष्ठको एक्सन अवतार देखिएको छ । उता ट्रेलर सार्वजनिकमा पुगेकी सारिका केसीको भने पहिरणको हल्का चर्चा भएको थियो । निकै कामुक पहिरणमा सारिका उपस्थित भएकी थिइन् ।

Sabin Shrestha and Sarika Kc movie LAKSHYA
ओम किरण फिल्मस्को ब्यानरमा तयार भएको चलचित्र लक्ष्यको शनिबार काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो । नेपाली चलचित्र बजारमा एक्सन छविकै कारण व्यस्त बनेका सविनका लागि यो चलचित्र कोशेढुंगा बन्न सक्छ । कार्यक्रममा सविन श्रेष्ठका अलवा सुनिल थापा, सारिका केसी, अर्जुनजंग शाही उपस्थित भएका थिए । करिब १५ बर्षपछि यही चलचित्रबाट कलाकार अर्जुनजंग शाही पनि पर्दामा देखिदैछन् ।
Sarika Kc movie LAKSHYAमिलन आलेमगरको निर्देशनमा तयार भएको चलचित्रलाई ओमलाल गुरुङले निर्माण गरेका हुन् । चैत्र ५ गतेबाट यो चलचित्र देशभरका हलमा लाग्नेछ । रोचक कुरा त के छ भने, यही मितिमा सविन श्रेष्ठले नै अभिनय गरेको चलचित्र ‘भाग् सानी भाग’ पनि प्रदर्शनमा आउदैछ । एउटै अभिनेताका २ चलचित्र एकसाथ हलमा लाग्दा उनलाई पक्कै पनि घाटा हुनेछ । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा नायिका अनु शाह भने देखिइनन् । अनु नआउादा कार्यक्रममा अर्की कलाकार सारिका केसी हाइलाइटमा रहेकी थिइन् ।
Sabin Shresthamovie LAKSHYAकार्यक्रममा बोल्दै अभिनेता सविनले आफूले चाडै नै चलचित्र निर्माण गर्न लागेको जानकारी पनि दिए । कलाकार सारिका केसीले चलचित्रसग आवद्ध हुन पाउदा खुशी लागेको भन्दै राम्रो बिषयमा चलचित्र बनेको बताइन् । उता निर्माता ओमलाल गुरुङले छायांकनका क्रममा विभिन्न खालका समस्या उत्पन्न भएपनि आफुहरुले उत्कृष्ट चलचित्र बनाएको दाबी गरे ।

Sabin Shrestha and Sarika Kc movie LAKSHYA-1

Sarika Kc movie LAKSHYA-1

Nepali Movie LAKSHYA Trailer

a film directed by Milan Ale Magar
Produced by Om Lal Gurung
Cast- Sabin Shrestha, Anu Shah, Sarika Kc, Sunil Thapa, Arjun Jung Shahi
Written by- Sushil Pangeni
Choreography- Ramji Lamichhane
Released Date- 05 Chitra, 2072

प्रतिक्रिया