Bisal Chautari Logo

हास्य अभिनेत्री निरुले भनिन्– धुमुर्सेलाई पिए राख्छु

- १ भाद्र २०७०, शनिबार ०८:१४ मा प्रकाशित


विशालसंग फन्नि संवाद

–निरु खड्का, हास्य अभिनेत्री

हास्य अभिनेत्री निरुले भनिन्– धुमुर्सेलाई पिए राख्छु

आफ्नो न्वारान आफैले गर्न पाए के नाम राख्नुहुन्थ्यो ? 
डायना । यो नामको लोकप्रियता बढी भएकाले मनपरेको हो । अर्थचाहिँ थाहा छैन ।
तपाईंलाई सम्झिँदा पनि वाक्क आउने तीन खाने कुरा केके हुन् ?
गुँदपाक, चिप्ले भिन्डी र मुला मलाई मनै पर्दैन ।
आफ्नो शरीरलाई रिस्ट्रक्चर गर्न पाए के–के गर्नुहुन्थ्यो ?
आँखालाई ऐश्वर्या राय बच्चनको जस्तो बनाउँथे, हाइट कट्रिना कैफको जस्तो । मेरा साना ओठलाई रानी मुखर्जीको जस्तो बनाउँथेँ । यति भए काफी हुन्थ्यो ।
तीन जनालाई थप्पड हान्ने छुट सरकारबाट पाए ?
पुष्पकमल दाहाल प्रचण्ड र राजकिशोर यादवलाई चाहिँ रिसले थप्पड हान्थेँ ।
प्रधानमन्त्री बन्ने अवसर पाए पिए कसलाई राख्ने ?
मेरो भाइ धुर्मुसेलाई ।
तपाईंको मोबाइलमा सबैभन्दा धेरै फोन कसको आउँछ ?
श्रीमाणको । ब्वाइफ्रेन्डको भनूँ भने त श्रीमान्ले मारिहाल्छन् नि ?
अरुलाई गाली गर्दा तपाईंले प्रयोग गर्ने शब्द के–के हुन् ?
कुकुर र गधा ।
अचानक प्रकट भएर भगवानले तीनवटा वरदान माग भने के–के माग्नुहुन्छ ?
मसँग सधैँ नोबल पुरस्कार जित्न सक्ने दिमाग होस्, धनको सबालमा कुबेरले पनि मसँग पैसा सापटी माग्न परोस् अनि सधैँ खुसी, सुखी रहिरहूँ भनेर वरदान माग्छु ।
तपाईंसँग मैले पैसा सापट मागेँ भने कतिसम्म दिन तयार हुनुहुन्छ ?
५० हजार रुपियाँ । तर, महिनाको ३६ प्रतिशत ब्याज लिन्छु ।
महिलाले एकचोटिमा एउटा लुगा मात्र लाउन पाउने कानुन बन्यो भने ?
(लामो हाँसोपछि) म्याक्सी लगाउनुभन्दा उत्तम उपाय अर्को हुने छैन त्यस बेला ।

प्रतिक्रिया