Bisal Chautari Logo

लागु औषध सहित पर्सामा पक्राउ

- १ भाद्र २०७०, शनिबार १६:३० मा प्रकाशित


१ भदौ, पर्सा ।
ठोरी–५ हनुमानगर बस्ने ४० बर्षीय सियाराम तिमल्सिनालाई प्रहरीले अवैध लागू औषध गाजा १७५ के.जी.सहित पक्राउ गरेको छ । निजले आफ्नो घरमा गाजा लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले साउन ३२ गते १४:३० बजे निजको घर तलासी गर्दा उक्त गाजा बरामद भएको थियो ।
यसैगरी अस्थाई प्रहरी पोष्ट गण्डकबाट खटिएको प्रहरी टोलीले सिराहा जिल्ला बडहरामाल–२ बस्ने १८ बर्षीय जयकुमार ठाकुरलाई साउन ३२ गते १७:४५ बजे अवैध लागू औषध खैरो हिरोइन १० ग्राम सहित बिरगंज उपमहानगरपालिका–१७ बाट पक्राउ गरेको छ ।

प्रतिक्रिया