Bisal Chautari Logo

अन्तरजातीय म्युजिकल लभस्टोरी ‘कसैलाई नभन्नु’ रिलिजको तयारीमा

- १२ पुष २०७२, आईतवार १७:०४ मा प्रकाशित


KASAILAI NABHANNU nepali movie
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ पौष १२ आइतबार । अन्तरजातीय प्रेमकथामा अर्को चलचित्र निर्माण भएको छ । यसअघि गायक यसकुमारले ‘बाटोमुनिको फूल’ निर्माण गरेका थिए । यस्तै, अहिले सर्जु लामिछानेको प्रस्तुतीमा ‘कसैलाई नभन्नु’ नामक चलचित्र निर्माण भएको छ । जसलाई ‘अन्तरजातीय म्युजिकल लभस्टोरी’ चलचित्र भनिएको छ ।

KASAILAI NABHANNU nepali movieशिवहरि रेग्मी निर्माता रहेको यो चलचित्र आउादो २२ माघमा देशव्यापी रिलिज हुादैछ । ‘चलचित्र प्रदर्शनका लागि तयारी भएको छ’ निर्माता रेग्मीले भने, ‘अब हामी प्रमोसनमा जुटेका छौं ।’ चलचित्रको मुख्य आर्कषण संगीत रहेको पनि उनले बताए । उनले भने, ‘कसैलाई नभन्नु म्युजिकल चलचित्र हो ।’
मन्दिप रानाको निर्देशन रहेको यस चलचित्रमा द्वन्द्व जनक गुरुङ, संगीत रामचन्द्र श्रेष्ठ र भीम बिसी, छायांकन राहुल राई तथा नृत्य निर्देशन दीलिप ओखडाको रहेको छ । चलचित्रमा किशोर केसी, आयुष्मा कार्की, देशभक्त खनाल, दिनेश शर्मा, पुष्कर भट्ट र शिवहरि रेग्मीको मुख्य अभिनय रहेको छ । चलचित्रमा ‘चम्पाकली’ बोलको एउटा आइटम डान्स देख्न सकिन्छ, जसमा निरामिकाले हट डान्स गरेकी छन् । यस चलचित्रलाई वितरण करण श्रेष्ठ ‘क्रेजी’ले गर्ने भएका छन् ।

प्रतिक्रिया