Bisal Chautari Logo

प्रमिला भन्छिन्, ‘मलाई हिरोइन हैन, एउटा राम्रो कलाकार बन्छु भन्ने सोच छ’

- १२ पुष २०७२, आईतवार १६:४३ मा प्रकाशित


Pramila Khanal model & actress
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ पौष १२ आइतबार । प्रमिला खनाल नेपाली चलचित्र क्षेत्रका लागी एक उदाउँदो नाम हो । उनी ७ वर्ष अगाडी स्कलुलमा अध्ययन गर्दाखेरी म्युजिक भिडियोमा काम गरेर आफ्नो मोड्लिङ करियर सुरु गरेकी थिइन् । ७ वर्ष अगाडी हास्य अभिनेता तथा निर्देशक निर्मल शर्माले गायिका सुस्मिता कार्कीको उडु उडु लाग्यो बोलको गीतको म्युजिक भिडियोबाट डेब्यु गराएका थिए । साथै उनलाई मोड्लिङ क्षेत्रमा आउनका लागी छमछमी सिजन २ को टप १४ सम्मको यात्रापनि मुख्य पक्ष थियो ।
Pramila Khanal model & actressतर अध्ययन र पारिवारिक कामले मोडल प्रमिलाले आफ्नो करियर पुन ३ वर्ष अगाडीदेखी निरन्तरता दिएकी छिन् । ३ वर्ष यता सकृय रहेकी मोडल प्रमिला स्व. निर्देशक आलोक नेम्बाङद्धरा निर्देशित चलचित्र ‘अझै पनि’बाट अभिनेत्री बनेकी छिन् । त्यसपछी केही समय अगाडी रिलिज भएको चलचित्र ‘वडा नम्बर ६’ मापनि अभिनेत्री प्रमिलाले सानो रोलमा काम गरेकी थिइन् । अभिनेत्री प्रमिलाले विशाल चौतारीसंग कुराकानी गर्दै डान्समा बच्चैदेखीको सोख रहेको बताउछिन् । भन्छिन्, तर स्टेजमा काम गरिरहदा चलचित्रको पर्दामा चाही आलोक जि ले अफर गरेपछी काम गर्ने सोख भएकाले काम गर्न थालेकी हु ।’
Pramila Khanal model & actress (1)एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी अभिनेत्री प्रमिलाले भर्खरै पुर्णेन्द्र झाको ‘संरक्षण’का लागी साइन गरेकी छिन् । उता स्टेज कार्यक्रमहरुपनि गरिहेकी छिन् । यी सबै कामहरु एकैसाथ अगाडी बढाउने अभिनेत्री प्रमिलाको सोच रहेको छ ।
Pramila Khanal model & actress (2)अभिनेत्री प्रमिलालाई चलचित्रमा चाही बोल्ड अभिनयमा बढी म्याच गर्ने साथीहरुले बताएपनि उनलाई चाही रुवाउने सेन्टिमेन्टल किसिमको काम गर्ने सोख रहेको बताउछिन् । प्रमिला भन्छिन्, ‘मलाई हिरोइन बन्छु भन्ने सोच छैन, एउटा राम्रो कलाकार बन्छु भन्ने सोच छ ।’

प्रतिक्रिया