Bisal Chautari Logo

नेपाली तारा–३ का फस्ट रनरअप देवेशले पहिलो एल्बम आमाबाट विमोचन गराए

- ११ पुष २०७२, शनिबार ०७:४६ मा प्रकाशित


Debesh Rai albam Nepali Tara-3 first runner-up
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ पौष ११ शनिबार । नेपाली तारा–३ मा फस्ट रनरअपको उपाधी बिजेता देवेश राईले पहिलो एल्बम दर्शकमाझ ल्याएका छन् । नेपाल संस्कृतिक संघ, डिल्लिबजारमा हिजो शुक्रबार ‘एण्ड दी जर्नि विगन’ नामक एल्बम गायक देवेशले आमा देउ कुमारी राईको हातबाट विमोचन गराए । विमोचनमा देवेशका आमालाई नेपाली तारा ३ का जज प्रकाश गुरुङ्ग, रञ्जीत आचार्य, र जेम्स प्रधानले सघाएका थिए ।
Debesh Rai albam Nepali Tara-3 first runner-upगायक देवेश राई एक उत्कृष्ट गायक मात्र नभै उनी म्युजिक कम्पोज तथा एरेन्ज गर्न पनि उत्तिकै प्रतिभाशाली छन् । एल्वम विमोचनसंगै सोहि एल्वमका गीतहरु ‘कति मीठा कति न्याना तिम्रा प्रितका वर्षातहरु’, ‘नसा लागेछ’का म्युजिक भिडियोहरु पनि विमोचन गरिएको थियो । यो एल्वममा ६ वटा उत्कृष्ट गीतहरु रहेका छन् । यो एल्वममा प्रख्यात गीतकारहरु जस्तै सुमन पोखरेल, प्रकाश गुरुङ्ग, राम बहादुर कने, कृष्ण कोइराला, र सिताराम सुचारु को रचना रहेको छ । यो एल्वमका कम्पोजरहरुमा वेध निधि पौडेल, सुरेश अधिकारीले, प्रकाश गुरुङ्ग, गणेश रिजाल, सरन जोशि र द क्यानरि व्याण्ड रहेका छन् ।
Debesh Rai albam Nepali Tara-3 first runner-up (2)एल्बम विमोचन समारोहमा बोल्दै देवेशले भने ‘यो एल्वम विमोचन गर्न पाएकोमा म धेरै खुसी र गर्ववान्वित छु । कोका–कोला नेपाली तारा ३ ले मलाई धेरै अवसरहरु प्रदान गरेको छ । र त्यसको लागि म सधैं यस प्रति आभार प्रकट गर्दछु । म सधैं स्रोताहरुबाट न्यानो माया र साथ पाउने अपेक्षा गर्दछु, गायक देवेशले विमोचन समारोहमा बताए ।

Debesh Rai albam Nepali Tara-3 first runner-up (1)A new album of Debesh Rai titled “And the journey begun…” is launched today .Debesh Rai is the first runner-up in the third season of Nepali Tara.The album was jointly launched by Debesh Rai’s mother-Dew Kumari Rai, Prakash Gurung, Ranjit Acharya, and Jems Pradhan in a grand ceremony organized at Nepal Sanskritik Sangh, Dillibazaar today.

प्रतिक्रिया