Bisal Chautari Logo

आर्यन र नम्रताले १ मिनेट ५३ सेकेण्डमै रुवाउने ‘क्लासिक’को ट्रेलर सार्वजनिक (भिडियो हेरौं)

- ९ पुष २०७२, बिहीबार १५:१० मा प्रकाशित


Aaryan Sigdel & Namrata Shrestha Movie CLASSIC Trailer
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ पौष ९ बिहिबार । अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ अभिनित पछिल्लो चलचित्र ‘क्लासिक’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलर १ मिनेट ५३ सेकेण्डको रहेको छ, र सार्वजनिक ट्रेलरले नै रुवाउने किसिमको ट्रेलर बनेको छ ।

Aaryan Sigdel & Namrata Shrestha Movie CLASSIC Trailer
आज बिहिबार काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गर्दे चलचित्र यूनिटले ट्रेलर तथा चलचित्रको एक गीत सार्वजनिक गरेको हो । चलचित्र ‘नोभेम्बर रेन’ निर्माण गरेपछि चर्चामा आएको सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरले निर्माण गरेको चलचित्र ‘क्लासिक’को ट्रेलर सार्वजनिकमा पनि रुचाइएको थियो । ट्रेलर तथा गीत सार्वजनिकमा बोल्दै चलचित्रका निर्देशक दिनेश राउतले चलचित्र क्लासिक दर्शकहरुको चाहना अनुरुप नै निर्माण गरेको बताउदै ‘–आखा र दिमागले मात्र नहेरी मनदेखी चलचित्र हेर्नहोला, ।’ त्यस्तै निर्माता सुवास गिरीले नोभेम्वर रेनमा चाहेर पनि नसकेका कुराहरु पुरा गर्न ‘क्लासिक’ बनाएको बताए ।
Aaryan Sigdel & Namrata Shrestha Movie CLASSIC Trailer (2)कार्यक्रममा ‘सुनौलो’ बोलको गीतपनि सार्वजनिक गरिएको थियो । यस गीतमा मेलिना राई र कोशिश क्षेत्रीको स्वर रहेको छ । कार्यक्रममा मेलिना, कोशिश र यूवराज चौलागाईले गीतपनि गाएका थिए । गीत सार्वजनिक कार्यक्रममा संगीतकार तारा प्रकाश लिम्बुको संगीतकोपनि तारिफ गरिएको थियो ।
Aaryan Sigdel & Namrata Shrestha Movie CLASSIC Trailer (1)यस चलचित्रमा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, समुना केसी, रोमी घिमिरे, प्रज्वल गिरी, सुशिल काफ्ले, सुनिल रावल, शिशिर राना, सकुन्तला थापा, नमित चन्द, विश्व बस्नेत मुख्य भूमिकामा छन् । चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत, डाक्टर कृष्णहरी बराल, दिनेश राउत र दयाराम पाण्डेको गीत, कोशिश क्षेत्री, यूवराज चौलागाई, मेलिना राइको स्वर समावेश छ । चलचित्रमा हिमाल केसीको द्वन्द, रेनाशा राईको नृत्य निर्देशन, सुरेन्द्र पौडेलको सम्पादन, कोरियोग्राफि रेनेशा बान्तावा राई, छेतन गुरुङको लेखन तथा राजेश श्रेष्ठको छायांकन रहेको छ । यो चलचित्र भ्यालेन्टाइन डेको छेकोमा माघ २९ बाट प्रदर्शन हुदैछ ।
ट्रेलर हेर्नुहोस् :

New Nepali Movie CLASSIC Official Trailer | Aaryan Sigdel, Namrata Shrestha

Aaryan Sigdel Entertainment Present’s
Subas Entertainment Production
Director : Dinesh Raut
Producer : Subas Giri
Cast: Aaryan Sigdel, Namrata Shrestha, Romi Ghimire, Prajwal Sujal Giri, Sushil Kafle, Shisir Rana, etc.
D.O.P.: Rajesh Shrestha
Editor: Surendra Poudel
VFX: Vi-zay Bashyal, Shree Krishna Shrestha
Music: Tara Prakash Limbu
Choreographer: Renesha Bantawa Rai
Chief Asst. Director: Dinesh Rawat
Associate Director: Bikas Subedi

प्रतिक्रिया