Bisal Chautari Logo

‘कैफियत’को प्रदर्शन मिती सर्दा नन्दितालाई ‘राम्रो अवसर’ किन ?

- ८ पुष २०७२, बुधबार १४:४९ मा प्रकाशित


nandita kc movie KAIFIYAT
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ पौष ८ बुधबार । माघ १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कैफियत’को प्रदर्शन मिती सारिएको छ । चलचित्रको प्रर्दशन मिती सर्दा सिनेमा युटिनका लागी प्रचार प्रसारमा लाग्न राम्रो अवसर भएको यस चलचित्रको अभिनेत्री नन्दिता केसीले बताइन् ।

nandita kc movie KAIFIYAT
आज बुधबार राजधानीमा पत्रकार सम्मेलन गरि प्रदर्शन मिती माघ १५ बाट माघ २२ गते सरेको छ । यस अघि नै आफ्नो चलचित्र प्रदर्शनका लागि माघ २२ को समय मागेको चलचित्र यूनिटले यहि मिती पाए पछि चलचित्र एक हप्ता पछाडी सारिएको बताएको छ । फस्टलुक, ट्रेलर तथा सार्वजनिक पोस्टरबाट राम्रो प्रतिकृया पाएको चलचित्र यूनिटले सारिएको मितीमा चलचित्रले राम्रो व्यापार गर्ने विश्वास व्यक्त गरेको छ ।
nandita kc movie KAIFIYAT1दशरथ गिरीले निर्देशन गरेको चलचित्र कैफियतमा नन्दिता केसी, नविन श्रेष्ठ, सिपी पौडेल, सजना थापा, शंकर शाही ठकुरी, किसान सुनवार दीपक क्षेत्रीलगायतका कलाकारले अभिनय गरेका छन् । ओम दक्षिणकाली फिल्मस् प्रालीको व्यानरमा तयार भएको यो चलचित्रलाई चिन्तामणी बरालले निर्माण गरेका हुन् ।

प्रतिक्रिया