Bisal Chautari Logo

७ औ ‘डि सिने अवार्ड’मा ७ विधामा ‘नोभेम्बर रेन’को वर्चश्व (फोटो फिचर सहित)

- ७ पुष २०७२, मंगलवार १३:३८ मा प्रकाशित


binod d cine award 2072d cine award 2072 Aaryan Sigdel dayahang rai namrata shrestha priyaka karki
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७२ पौष ७ मंगलबार । ७ औ ‘डि सिने अवार्ड’मा ७ विधामा चलचित्र ‘नोभेम्बर रेन’को वर्चश्व रहेको छ । विभिन्न २८ विधामा प्रदान गरिएको अवार्डमा चलचित्र ‘नोभेम्बर रेन’ ले उत्कृष्ट चलचित्रको विधासहित अभिनेता, अभिनेत्री, निर्देशक, छायांकार, संवाद, सह–अभिनेत्री, पाश्र्व गायक विधामा अवार्ड पाएको छ ।

d cine award 2072 Aaryan Sigdel dayahang rai namrata shrestha priyaka karki
काठमाडौमा हिजो मंगलबार आयोजना गरिएको अवार्ड समारोहमा पब्लिक च्वाइस अवार्ड चलचित्र ‘कोहिनुर’लाई प्रदान गरियो । यस्तै, विशेष चलचित्रको अवार्ड ‘सुनपानी’, उत्कृष्ट अभिनेता दयाहाङ राई (क्रिटिक्स), उत्कृष्ट अभिनेत्री प्रियंका कार्की, (क्रिटिक्स) अवार्ड पाए । त्यस्तै चलचित्र ‘कबड्डी’का निर्देशक रामबाबु गुरुङलाई निर्देशकतर्फको क्रिटिक्स अवार्ड दिइयो ।

d cine award 2072 dayahang rai
कार्यक्रममा विभिन्न कलाकारको नृत्य, गायन तथा कमेडीले दर्शकलाई मनोरञ्जन दिएको थियो । बाल कलाकार संगम बिष्टको नृत्य, गजित बिष्ट र अशिष्मा नकर्मी को नृत्यले माहोल निकै गरम पारेको थियो । क्रमश अभिनेत्री तथा मोडल माला लिम्बुको नृत्यले काठमाडौमा बढेको चिसो मौसमलाई तताएकी थिइन् ।
d cine award 2072 deepa shree niraulaत्यस्तै हास्य अभिनेत्री तथा निर्मात्री दिपाश्री निरौलाको नृत्य अवार्ड समारोहमा सबैभन्दा बढी रुचाइएको थियो । उता हास्य कलाकार दीपकराज गिरी र जीतु नेपालले चलचित्रकर्मीलाई ब्यङ्ग्य गरे ।

पत्रकारदेखी वितरक सम्म सम्मानित

यस्तै, छायाछवि चलचित्रकर्मी रजत सम्मानबाट अभिनेत्री गौरी मल्ल र वितरक, निर्माता तथा प्रदर्शक गोपाल कायस्थलाई सम्मानित गरियो । छायाछवि चलचित्र पत्रकारिता पुरस्कारबाट रंग पत्रकार डब्बु क्षेत्रीलाई नगद ७ हजार ७ सय ७७ सहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा ८ बर्षको उमेरमै चलचित्र निर्देशक गरेर गिनिज बुकमा नाम लेखाएका निर्देशक सौगात बिष्टलाई पनि सम्मान गरियो । अभिनेता सविन श्रेष्ठलाई भने प्रोत्साहन पुरस्कार प्रदान गरियो ।

d cine award 2072 baddu chhetri
अन्तमा कार्यक्रममा बोल्दै अवार्ड आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले यो अवार्ड कार्यक्रमले नेपाली चलचित्रको विकास र विस्तारमा टेवा पुगेको भन्ने आफूलाई लागेको बताए ।

२८ विधामा अवार्ड जित्ने चलचित्र र चलचित्रकर्मीहरुको क्रमश: नाम यसप्रकार छ :

उत्कृष्ट एनिमेशन/ग्राफिक्स : अच्यूत गजुरेल-भीमदत्त
उत्कृष्ट श्रृंगार : अमृत मरहठ्ठा- टलकजंग भर्सेज टुल्के
उत्कृष्ट ध्वनी मिश्रण : उत्तम न्यौपाने –कबड्डी
उत्कृष्ट पाश्व संगित : एलिस कार्की – सेतो बाघ
उत्कृष्ट दन्द निर्देशक: चन्द्र पन्त – हबल्दार सुन्तली
उत्कृष्ट नृत्य निर्देशक: गम्भिर विष्ट – लभ यू बाबा
उत्कृष्ट गीतकार: कृष्णहरि बराल – कोहिनुर (के म तिम्रो होइन र)
उत्कृष्ट गायिका: साहिमा श्रेष्ठ – हबल्दार सुन्तली
उत्कृष्ट गायक: युवराज चौलागाईं – नोभेम्बर रे (तिमीलाई)
उत्कृष्ट संगीतकार: अर्जुन पोखरेल – स्टुपिड मन (तिम्रो आँखामा)
उत्कृष्ट बालकलाकार: संगम विष्ट- लभ यू बाबा
उत्कृष्ट नव नायिका: शिल्पा पोखरेल – लज्जा
उत्कृष्ट नव नायक: सुदर्शन थापा – अझै पनि
उत्कृष्ट नव निर्देशक: मुस्कान ढकाल – नाईं नभन्नू ल ३
उत्कृष्ट खलपात्र: अनुप विक्रम शाही – हँसिया
उत्कृष्ट चरित्र अभिनेता: सबिन बास्तोला – सुनपानी
उत्कृष्ट चरित्र अभिनेत्री: सूर्यमाला खनाल- सुन्तली
उत्कृष्ट सह अभिनेत्री: छुल्ठिम गुरुङ् – नोभेम्बर रेन
उत्कृष्ट सह अभिनेता: गजित विष्ट – पुनर्जन्म
उत्कृष्ट कथा: रामशरण पाठक– वर्ल्ड कप इन नेपाल
उत्कृष्ट पटकथा: रामबाबु गुरुङ्, उपेन्द्र सुब्बा (कबड्डी
उत्कृष्ट सम्पादन: राजु भण्डारी – वर्ल्ड कप इन नेपाल
उत्कृष्ट छाँयाकार: राजेश श्रेष्ठ-नोभेम्बर रेन
उत्कृष्ट अभिनेत्री: नम्रता श्रेष्ठ– नोभेम्बर रेन
उत्कृष्ट अभिनेता: आर्यन सिग्देल – नोभेम्बर रे
उत्कृष्ट निर्देशक: दिनेश राउत– नोभेम्बर रेन
उत्कृष्ट फिल्म: नोभेम्बर रेन

विशेष अवार्ड:

जुरी अवार्ड: रामबाबु गुरुङ (निर्देशक) – कबड्डी
क्रिटिक्स अवार्ड अभिनेता: दयाहाङ् राई – कबड्डी
क्रिटिक्स अवार्ड अभिनेत्री: प्रियंका कार्की – सुन्तली
क्रिटिक्स अवार्ड फिल्म : भीमदत्त
विशेष चलचित्र: सुनपानी
पब्लिक च्वाइस: कोहिनुर

अब सबै तस्बिरहरु हेर्नुहोस् :

d cine award 2072 Aaryan Sigdel dayahang rai namrata shrestha priyaka karki (3)

binod d cine award 2072

d cine award 2072 Aaryan Sigdel dayahang rai namrata shrestha priyaka karki (1)

d cine award 2072 Aaryan Sigdel dayahang rai namrata shrestha priyaka karki (8)

d cine award 2072 rohit rumba

chhulthim gurung d cine award 2072

d cine award 2072 Aaryan Sigdel dayahang rai namrata shrestha priyaka karki (2)

d cine award 2072 Aaryan Sigdel dayahang rai namrata shrestha priyaka karki (6)

d cine award 2072 Aaryan Sigdel dayahang rai namrata shrestha priyaka karki (9)

d cine award 2072 Aaryan Sigdel dayahang rai namrata shrestha priyaka karki (7)

d cine award 2072 Aaryan Sigdel dayahang rai namrata shrestha priyaka karki (13)

d cine award 2072 Aaryan Sigdel dayahang rai namrata shrestha priyaka karki (15)

d cine award 2072 Aaryan Sigdel dayahang rai namrata shrestha priyaka karki 1

d cine award 2072 Aaryan Sigdel dayahang rai namrata shrestha priyaka karki (16)

d cine award 2072 anoop bikram shahi

d cine award 2072 dinesh

d cine award 2072 gamvir bista

d cine award 2072 sabin shrestha

 

प्रतिक्रिया