Bisal Chautari Logo

१५ वर्षे गायक अमन इटालियन मोडलका लागी ‘माया’को गीत गाउदै…. (भिडियो सहित)

- ५ पुष २०७२, आईतवार १५:४१ मा प्रकाशित


Aman Pradhan song Maya
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ पौष ५ आइतबार । नेपालमा धेरै कलाकारहरु छन्, जो विश्वमा नेपालको गीत, संगीत र नेपाललाई चिनाएपनि नेपाली दर्शक श्रोताहरु माझ पुग्न सकिरहेका हुदैनन् । त्यही प्रतिभा भएका र विश्वलाई नेपाल र नेपाली गीत संगीत चिनाउने गायक हुन्, अमन प्रधान । उनी उमेरको हिसाव गर्ने हो, भने १५ वर्ष बल्ल लागे । गायक अमनले आफ्नो नया गीत ‘माया’को म्युजिक भिडियो रिलिज गरेका छन् ।

Aman Pradhan song Maya
चार वर्षकै उमेरमा गाएर श्रोताको मन–मुटमा बस्न सफल अमन अहिले ‘रकस्टार’का रुपमा चिनिन थालेका छन् । गायक तथा संगीतकार राहुल प्रधानका छोरा अमन उमेरले भर्खरै १५ टेक्दैछन् । तर, उनले ५० भन्दा धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्टेजमा प्रतिभा प्रस्तुत गरिसकेका छन् ।

Aman Pradhan song Maya (3)
शनिबार एक अनौपचारिक कार्यक्रममा गीतको सार्वजनिक पछि बोल्दै अमनले भने, ‘यस गीतबाट आशावादी छु किनकि, अहिलेसम्मकै मेरा गीतहरुका यो राम्रो बनेको छ ।’ म्युजिक भिडियोमा अमनसगै इटालियन मोडल माया रोसेन्बर्ग खानले मोडलिङ गरेका छन् । आफ्नो गीतको टाइटल पनि माया र भएकाले मायालाई भिडियोमा अभिनय गराएको अमनले बताए । बालुवाटास्थित टर्किज स्कुल मेरोडियन इन्टरनेशनलमा कक्षा ९ मा अध्ययनरत अमनले १० वर्षकै उमेर ‘अमन द रकस्टार’ नामक एल्बम ल्याएका थिए । त्यसपछि दोस्रो एल्बमका रुपमा ‘रकस्टार रि–लोडेड’ ल्याएका अमनयतिखेर ‘रक द वल्र्ड’ ल्याउने तयारीमा छन् । सार्वजनिक भिडियो यसै एल्बमको हो । जुन एल्बम सन् २०१६ भित्रै रिलिज गर्ने अमनले बताए ।

Aman Pradhan song Maya (4)
गायक अमनले अन्तराष्ट्रिय संगीत प्रतिस्पर्धामा समेत सहभागी जनाइसकेका छन् । यस सन् २०१४–२०१५ मा टर्कीद्वारा आयोजित ‘आइएफएलसी’ नामक गायन स्पर्धामा अमनले दोस्रो स्थान हासिल गरेका थिए । प्रतियोगितामा १४ देशका प्रतिभा छनोट भएका थिए । उक्त प्रतियोगितामा पहिलो स्थान भने थाइल्याण्डले पाएको थियो । प्रतियोगिताको दौरानमा जर्मनी र रोमनियामा ३० हजारभन्दा बढी दर्शकमाझ प्रस्तुत भएको स्मरण गर्दै अमनले भने, ‘त्यहा टर्किज र नेपाली भाषाका गीत गाएको थिए ।’ आफ्नो हरेक एल्बममा ‘रक’ जोड्दै आएका अमनको उद्देश्य पनि एक सफल रकस्टार बन्नु हो । नेपाली, अंग्रेजी र टर्किज भाषामा समेत राम्रो राम्रो गाउने अमनले भने, ‘म प्राय रक नै गाउने गरेको छु ।’ उक्त अनौपचारिक कार्यक्रममा निर्माता ज्योतिराज राई र निर्देशक जनकदीप पराजुलीले आगामी आफ्नो प्रोजेक्टमा अमनलाई डेब्यु गराउने सोच रहेको बताए । ज्योतिराजले भने, ‘अमनलाई हामी चलचित्रमा समेत डेब्यु गर्ने सोच बनाएका छौं ।’

Aman Pradhan – Maya (Official Music Video)

Aman Pradhan song Maya (1)

Aman Pradhan song Maya (2)

Song Info
Maya
Singer – Aman Pradhan
Music and Lyrics – Rahul Pradhan
Model- Maya Rosenberg Khan

Cinematography – Sanjeet Shrestha
Shooting spot – Paleti de cafe , Mann naam restuarant
Edit – Jeevan Thapa (Multi Matte)
Director – Nikesh Khadka

Lyrics

Raat sapani ma dekhchu
Timilai mero maya
Din ko ujyalo ma khojchu
Bhetna mero maya

Timilai nadekhda navetda
Bechan huncha mann (x2)
O Maya

hmmm hmm hmmm hmm

Timro mero
sambandha yo kati mitho(x2)

Kura katchan jori pari
Timro ra mero maya ko
Hijo aja aakha lauchan sabaile
Jitnu cha timilai sacho prema le
O Maya

Your my love
Your my life
yeah ah ah
wooo woooo

Bhulchu ma
Afailai jaba hunchu timro sath ma(x2)

Jaha janchu jata gaye ni
Timi nai timi dekhchu
Garnu cha maya timilai apara
Timi nai mero sansar
O Maya

Raat sapani ma dekhchu
Timilai mero maya
Din ko ujyalo ma khojchu
Bhetna mero maya

Timilai nadekhda navetda
Bechan huncha mann (x2)
O Maya

प्रतिक्रिया