Bisal Chautari Logo

इन्दिराले हलिउड चर्चित गायक सन किगंस्टनसंग गाएको ‘तिमी र म’ सार्वजनिक (भिडियो सहित)

- ५ पुष २०७२, आईतवार १४:२१ मा प्रकाशित


Indira Joshi & Sean Kingston song  Timi Ra Ma Ft. IRAJ & Kaizer
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ पौष ५ आइतबार । नेपालका चर्चित गायिका इन्दिरा जोशीले नेपाली गीत, संगीतलाई विश्वस्तरमा पुर्‍याउन एक गीत सार्वजनिक गरेकी छिन् । गायिका इन्दिराले हलिउडका विश्व चर्चित गायक सन किगंस्टनको साथमा गाएको गीत हिजो काठमाडौका एक पत्रकार सम्मेलनको आयोजना गरी ‘तिमी र म’ बोलको गीत सार्वजनिक गरेकी छिन् । श्रीलंकियन संगीतकार इराजको संगीतमा तयार भएको गीतको म्युजिक भिडियो नेपालमा पहिलोपटक उच्च ग्राफिक्सको तयार गरिएको छ ।

Indira Joshi & Sean Kingston song  Timi Ra Ma Ft. IRAJ & Kaizer
यस गीतको म्युजिक भिडियो चर्चित महा–अभिनेता राजेश हमाल, श्रीलंकियन संगीतकार इराज लगायतले सार्वजनिक गरेका थिए । मिलान केरालले विभिन्न मनमोहक दृष्य समावेश सहित सम्पादन गरेको यो गीतको म्यूजिक भिडियो अत्यन्तै राम्रो बनेको छ । यस गीतको म्युजिक भिडियोमा गायिका स्वयम इन्दिराले गरेकी छिन् । गीत इन्दिरा जोशी, सन किगंस्टन, इराज र काइजरले गाएका हुन् ।

Indira Joshi & Sean Kingston song  Timi Ra Ma Ft. IRAJ & Kaizer (2)
कार्यक्रममा गायिका इन्दिराले भुकम्प र नाकाबन्दीका कारण सम्पूर्ण नेपाली सकसमा परेका बेला केहि नयाँ काम गरौं भन्ने सोचका साथ यो म्यूजिक भिडियो तयार पारेको बताएकी छन् । उनलाई पनि देशको विशम परिस्थितीले सकसमा नपारेको भने होईन । त्यहि सकसलाई पन्छाउन विदेशी गायकसग मिलेर तयार पारेको म्यूजिक भिडियो सार्वजनिक गरेको उनले बताएकी छन् ।

Indira Joshi & Sean Kingston song  Timi Ra Ma Ft. IRAJ & Kaizer (1)

Indira Joshi & Sean Kingston song  Timi Ra Ma Ft. IRAJ & Kaizer (3)

भिडियो हेरौ

तिमी र म ( Timi Ra Ma ) – Indira Joshi & Sean Kingston Ft. IRAJ & Kaizer

Produced by – Iraj
Music – Iraj
Lyrics – Indika Wickramaratne
English Lyrics – Sean Kingston
Rap Lyrics – Iraj & Kaizer Kaiz
Mixed by – Ranga D
Additional programming – GOA
Intro Music – Pasan Liyanage
Mastered by – Andy ( USA )
Recorded at – ILL Noize Studios Colombo Sri Lanka
Record Label – ILL Noize Records & Multisourcing Lanka

प्रतिक्रिया