Bisal Chautari Logo

‘२०६० साल’को अधुरो प्रेम कहानी १२ वर्षपछी प्रेमिकालाई सुन्न बोलाउदै राजिन (भिडियो सहित)

- ४ पुष २०७२, शनिबार ११:१० मा प्रकाशित


Rajin Ruchal 2060 saal nepali song
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ पौष ४ शनिबार । चोखो प्रेम कहानी सयौ वर्ष सम्मपनि मर्दैन भनिन्छ । तर एकोहोरो प्रेम कहानी आजको युगमा १२ वर्षसम्म कसैले सोच्न सक्दैन । ‘२०६० साल’को अधुरो प्रेम कहानी १२ वर्षपछी आर्जेश रेग्मि भने करुण श्रेष्ठलाई सुनाउन बोलाइरहेका छन् । तर यो प्रेम कहानी भने गायक राजिन रुचालको शब्द तथा संगीत र गायनमा रहेको एक म्युजिक भिडियोको हो ।

Rajin Ruchal 2060 saal nepali song
गायक राजिन रुचाल नेपाली साङ्गीतिक क्षेत्रमा लागेको एक दशक भयो । गीत रेकर्डिङहरु ०६२ सालदेखी सुरु गरेपनि पहिलो एल्बम ‘भाव’ भने भर्खरै मात्र सार्वजनिक गरेका छन् । सोही एल्बममा समावेश गीत हो ‘२०६० साल’ । यो गीत सार्वजनिक भएसंगै गायक रुचालको चर्चा नेपाली साङ्गीतिक क्षेत्रमा भइरहेको छ । गायक रुचालको यो गीत अहिले निकै चर्चामा रहेको छ । ‘६० साल’ बोलको उक्त गीत र गीतको म्युजिक भिडियाले दर्शक स्रोताहरुको मन जित्दै गइरहेको गायक रुचालले बताए । सामाजिक सञ्जाल मार्फत फ्यानहरुले गीत असाध्यै राम्रो बनेको प्रतिकृया दिएको गायक राजिन रुचाल बताउनछन् ।

Rajin Ruchal 2060 saal nepali song (2)
नेपाली म्युजिक भिडियो निर्देशनमा ब्यास्त निर्देशक तथा गायक शशान काडेलले निर्देशन गरेको म्युजिक भिडियोमा आर्जेश रेग्मि, करुण श्रेष्ठ, सुरज श्रेष्ठ, दिल्जङ गुरुङ लगायतको अभिनय छ । भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन भने निशान घिमिरेले सम्पादन गरेका हुन । राजिनको एल्बमलाई एसियन म्युजिकले बजारमा ल्याएको हो । एल्बमका गीतमा शब्द संगीत स्वयम रजिनकै रहेको छ ।

2060 Saal by Rajin Ruchal || new pop song || official music video HD

Rajin Ruchal 2060 saal nepali song (1)

2060 SAAL………………………..(BHAV)
VOCAL – RAJIN RUCHAL
LYRICS/MUSIC -RAJIN RUCHAL
ARRANGER – SANDEEP KARKI
ACTROS – ARJESH/KARUNA
CAMERA – ARJUN TIWARI
EDIT – NISHAN GHIMIRE
DIR – SASHAN KANDEL
AUDIO – ASIAN MUSIC 2015

प्रतिक्रिया