Bisal Chautari Logo

किन आफ्नै नियम तोडेर ‘लालटिन’ खेल्दैछन्, DAYAHANG RAI ?

- २ पुष २०७२, बिहीबार ०८:१२ मा प्रकाशित


dayahang rai : Rule Breaking laaltin movie playing
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ पौष २ बिहिबार । नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समयका ब्यास्त अनी सफल अभिनेता दयाहाङ राईकले चलचित्र ‘लालटिन’मा आफुले नियम तोडेर अभिनय गर्न लागेको बताएका छन् । गत मंगलबार राजधानीमा आयोजित चलचित्र लालटिनको प्रेसमिटमा दयाहाङले बोल्ने क्रममा भने ‘म यो फिल्म आफ्नै नियम तोडेर खेल्दैछु, किनभने मलाई जाडो लाग्छ ।’

dayahang rai  Rule Breaking laaltin movie playing
त्यसैले मंसिर, पुष र माघमा चलचित्र नखेल्ने नियम बनाएको थिए । तर, यो चलचित्रको टिमको कारणले गर्दा ‘लालटिन’ मा मैंले आफ्नै नियम तोडें र चलचित्र खेल्न राजी भए, अभिनेता दयाहाङले बताए । मंसिर महिनामा दश दिन मात्रै चलचित्रको छायाँकनबाट फुर्सद लिएको बताउदै दयाले थपे, ‘मेरो यो जोश र तोड फिल्मको सुटिङमा पनि देखिन्छ होला ।’ आफ्नो भूमिका बारे उनको प्रष्ट्याई भने यस्तो थियो, ‘मलाई निर्माता निर्देशकले ‘टाइप कास्ट’ को रुपमा पनि लिनु हुन्छ । तर, यो चलचित्रबाट मैंले ‘टाइप कास्ट’ देखि जोगिने प्रयास गरेको छु ।’

dayahang rai  Rule Breaking laaltin movie playing (1)
भानु प्रतापले निर्माण गर्ने चलचित्र ‘लालटिन’लाई देवकुमार श्रेष्ठले निर्देशन गर्दैछन् । पुलिस फोर्सको अप्रेसनमाथि बन्ने चलचित्रमा दयासँगै अभिनेत्री प्रियंका कार्की, केकी अधिकारी, राज कटुवाल, रिया श्रेष्ठ, भानुप्रताप, अर्जुन गुरुङ, जनक बर्तौला, मोहनविक्रम श्रेष्ठ, रामकेशर बोगटी, सुनिल कटुवाल, कमल आले, नविन शाह, निर्जन थापा र किशोर झा लगायतको अभिनय रहनेछ । पहिलो पटक चलचित्र निर्माणमा हात हालेका भानु प्रतापले दर्शकलाई चित्त बुझ्दो चलचित्र निर्माण गर्ने बताए । यस्तै पछिल्लो चलचित्र ‘लब् सब’ निर्देशन गरेका देवकुमार श्रेष्ठले ‘लालटिन’बारे भने, ‘चलचित्रमा कमेडी, एक्सन, सस्पेन्स सबै पक्ष रहनेछन् ।’

dayahang rai  Rule Breaking laaltin movie playing (3)
मंगलबारबाटै काठमाण्डूदेखि छायाकन प्रारम्भ गरिएको फिल्म ‘लालटिन’ निर्माणमा भानुसाग राज केसी, अनिम श्रेष्ठ, मनोजराज भण्डारी र दीपक श्रेष्ठले सहकार्य गरेका छन् । फिल्मको सम्पूर्ण जसो छायाकन काठमाण्डू र केही दृश्यहरु थाइल्यान्डमा गएर खिचिनेछ । हरी घले फिल्मका छायाकार हुन् भने रोशन श्रेष्ठले द्धन्द्ध निर्देशन गर्दैछन् । डिजराज पौड्याल, किरण माइकल र बिनोद ढकालको संगीत रहनेछ । कविराज गहतराजले फिल्मका सम्पूर्ण गीतको कोरियोग्राफी गर्नेछन् । प्रेसमटिमा विकास वोर्ड अध्यक्ष राजकुमार राईले ‘लालटिन’ नेपालीपन भएको फिल्म भएको भन्दै सफलताको कामना दिए ।

dayahang rai  Rule Breaking laaltin movie playing (2)

प्रतिक्रिया