Bisal Chautari Logo

निखिल एसपी खरेल र सौगात डिएसपी थारुको टकरावमा ‘संरक्षण’ बन्ने

- २ पुष २०७२, बिहीबार ०७:३६ मा प्रकाशित


nikhil upreti and saugat malla movie sanrakshan
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ पौष २ बिहिबार । सिनेमाको पर्दामा अभिनेता निखिल उप्रेती र सौगात मल्लको टकरावमा चलचित्र ‘संरक्षण’ निर्माणको औपचारिक घोषणा गरिएको छ । पुर्णेन्दुकुमार झाको कथा तथा निर्देशन रहेको यो चलचित्रमा निखिल एसपी खरेल र सौगात डिएसपी थारुको भूमिकामा प्रस्तुत हुनेछन् ।

nikhil upreti and saugat malla movie sanrakshan
निखिल र सौगात एक्सन प्याट्रनमा उतारिने पुर्णेन्दुले बताए । ‘दुई प्रहरी प्रमुखको टकराव नै ‘संरक्षण’ को मुख्य प्लट हो’ निर्देशकले फिल्मबारे छोटकरीमा भने । एक्सन स्टार उप्रेती र अभिनयमा पोख्त मल्ल पहिलो पटक एकसाथ पर्दामा प्रस्तुत हुदैछन् । प्रदीपकुमार उदय, नरेन्द्र महर्जन, नन्दु श्रीवास्तब र श्वेता शाहको संयुक्त लगानी रहको चलचित्र ‘संरक्षण’ मा निखिल र सौगात सगै अभिनेत्री अशिष्मा नकर्मी, पुर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशीसंगै कलाकारहरु रञ्जन झा, प्रमोद अग्रहरी, शुसान्त श्रेष्ठ, पवन महत्तो, अमितेश शाह, नन्दु श्रीवास्तब र राज कटवालको अभिनय रहनेछ ।
पुरुषोत्तम प्रधानको सिनेम्याटोग्राफी रहेको चलचित्रको पाच प्रतिशत सुटिङ भैसकेको छ । अब भने माघको दोश्रो साता देखि ‘प्याकअप’ गर्ने गरी चलचित्रको छायाँकन सुरु गर्ने निर्देशक झाले बताए । विरगञ्ज, काठमाण्डू र जनकपुरमा छायाकन गरिने फिल्मको बजेट एक करोड माथि अनुमान गरिएको छ । बसन्त सापकोटा र प्रवेश मल्लिकको संगीत रहेको फिल्ममा हिमाल केसीको द्धन्द्ध निर्देशन रहनेछ । ‘संरक्षण’ पावर, पोलिटिक्स, पुलिस, प्रेस र पब्लिको प्रतिविम्व रहने निर्देशकको भनाइ छ । केही छोटा फिल्म निर्देशन गरेका निर्देशक पुणेन्दुकुमार झाको ‘संरक्षण’ पहिलो निर्देशकिय फिचर फिल्म हुनेछ ।
चलचित्रका कलाकारहरुले राम्रो पारिश्रमिक नपाउदा बर्षमा अफर आएका सबै चलचित्र खेल्नु परेको गुनासो गर्दै आएका छन् । नायक निखिल उप्रेतीले पनि यही कुरा उठान गरेका छन् । बर्षमा अफर आएका सबै चलचित्र कलाकार खेल्दा एकले अर्कोलाई व्यापारको असर गर्ने गरेको छ ।
तर, नायक निखिल उप्रेती यसलाई कलाकारको वाध्यता भन्छन् । दैनिक जीवनयापन पनि गर्न नसक्ने रकममा काम गर्नु परेकाले पनि बर्षमा आधा दर्जन बढी चलचित्र खेल्नु परेको उनको भनाई छ । कती पारिश्रमिक पाएको खण्डमा तपाइले बर्षमा कम चलचित्र खेल्नु हुन्छ भन्ने प्रश्नमा निखिलले बोल्न मानेनन् । तर, उनलाई पत्रकारले बारम्बार यही प्रश्न सोधेपछि मुख खोले । निखिलले भने(‘महंगी दैनिक बढिरहेको छ । यसैले यती नै भन्न गाह्रो छ । तर, एउटा निर्माताले २० लाख दिएको खण्डमा म बर्षमा २ वटा मात्र चलचित्र खेल्छु ।’
५ बर्षपछि कमब्याक भएका निखिलको लगातार २ चलचित्र हिट भएपछि उनको माग बजारमा बढिरहेको छ । निखिलको हातमा अहिले आधा दर्जन बढी चलचित्र छन् । जुन चलचित्र लगातार हलमा लाग्दा उनको स्टारडमलाई पनि असर पर्ने विश्लेषण गरिएको छ । निखिलले अब विस्तारै कलाकारले राम्रो पारिश्रमिक पनि पाउने र कम चलचित्र पनि खेल्ने दिन आउने बताए । निखिल मात्र होइन बर्षमा अफर आएका जस्ता पनि चलचित्र खेल्नुको मुख्य कारण कम पारिश्रमिक रहेको अन्य कलाकार पनि बताउछन् ।

प्रतिक्रिया