Bisal Chautari Logo

पुश्पा सुब्बाको ‘तिमी लोग्ने मान्छे समाजमा जे गरे नि छुट छ…’ (भिडियो सहित)

- २७ मंसिर २०७२, आईतवार १४:०५ मा प्रकाशित


Pushpa Subba song Timi Logne Manchhe
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ मंसिर २७ आइतबार । करिब ४ बर्ष अगाडी ‘फ्युजन’ एल्बम निकालेर ‘अलिकति डर लाग्यो’ बोलको गीतबाट निकै चर्चामा आएकी गायिका पुश्पा सुब्बा अहिले ‘सम्बन्ध’ नामक दोस्रो एल्बम लिएर बजारमा आएकी छिन् । दोस्रो एल्बमको ‘तिमी लोग्ने मान्छे’ बोलको गीत अहिले चर्चामा रहेको छ ।

Pushpa Subba song Timi Logne Manchhe
प्राय: माया प्रेम को गीत गाउने गायिका पुश्पा सुब्बा अहिले भने सबै नारीहरुको बास्तबिक पीडालाई समेटेर गीत मार्फत आफ्नो दोस्रो एल्बम बजारमा ल्याएकी छिन । उक्त एल्बमको सो गीतमा दिपक शर्माको शब्द अनि संगित रहेको छ भने गीतको छायांकन हरि हुमागाइले अनि सम्पादन निशान घिमिरेले गरेका छन् । म्युजिक भिडियो विशाल भन्डारीले निर्देशन गरेका हुन । म्युजिक भिडियोमा बेनिशा हमाल, भिमसेन, सुरेश र राजनको अभिनय रहेको छ ।

प्रतिक्रिया