Bisal Chautari Logo

तेस्रो पटक लिटल मिस वल्र्ड बनाउने सुरमा नेप्लिज काउन्सिल

- ३ भाद्र २०७०, सोमबार ११:५० मा प्रकाशित


तेस्रो लिटल मिस वल्ड नेपाल–२०१३ को तयारी

३ भाद्र, काठमाडौ । 
नेप्लिज काउन्सिलको आयोजनामा बालप्रतिभा प्रर्दशन एवं संस्कृति संवद्धन गर्ने उद्देश्यले नेपालमा “तेस्रो लिटल मिस वल्ड नेपाल–२०१३” नामक ८ देखि १४ वर्ष सम्मका स–साना नानीहरुको प्रतियोगिता यहि आउदो भाद्र २२ गते काठमाडौंमा हुने नेप्लिज काउन्सिलका कार्यकारी निर्देशक तथा लिटल मिस वल्ड, लागि नेपाल पेजेन्टका राष्ट्रिय निर्देशक दिपेन्द्र रत्न शाक्यले जानकारी दिए । सो प्रतियोगिता उपाधि जित्नेले यही आउदो आश्विन १३ देखि १९ गते टर्कीको अन्टालियामा हुने १३ औं संस्करणको लिटल मिस वल्डमा विभिन्न राष्ट्रहरुको सहभागीतामा नेपालको तर्फबाट भाग लिन पाउने आयोजकले बताएको छ ।

काठमाडौंमा आयोजना हुने उक्त अन्तिम प्रतियोगिताको लागि भक्तपुर, ललितपुर, झापा, सिन्धुपलान्चोक, बुटवल, धनगढी, पोखरा, स्याङ्जा, जनकपुर, चितवन, गार्खा, रौतहत, भोजपुर र काठमाडौं लगाएत स्थानहरुबाट ४७ प्रतिस्पर्धी छनौट गरिएको जानकारी आयोजक संस्थाका म्यानेजर इन्दिरा दंगोलले दिईन् ।
गत वर्ष विपाश्वी पौडेल तथा सुप्रिया मास्के नेप्लिज काउन्सीलको आयोजना विजयता भई क्रमश ११औं संस्करणको  लिटल मिस वल्र्ड–२०११ टकी र १२ औं संस्करणको टिन मिस वल्र्ड –२०१२ टकीमा शिर्ष उपाधि जित्न सफल भएकी थिइन् । आयोजक सस्थाका अनुसार उत्कृष्ट प्रतियोगिको खाजीको लागि देशभरका विभिन्न स्कूलहरु बाट छनौट गरिएको जानकारी दिदै यस पटक पनि जित्न सफल भए लिटल मिस वल्र्डमा तीन पटक लगातार उपाधि प्रप्त गरि ह्याट्रिक गर्नेछौं ।
लिटिल मिस वल्र्ड नेपालमा विजेता हुनेले ३० हजार बरावरको शैक्षिक सहयता तथा टर्कीमा जादा लाग्ने सम्पूर्ण खर्च आयोजकबाट प्राप्त गरिने छन् । त्यस्तै फस्ट रनरअपले २० हजार तथा सेकेन्ड रनरअपले १० हजार वरावरको शैक्षिक सहयता पाउने जनाइएको छ । त्यसको साथै लिटल मिस पपुलर, ट्यालेन्ट, क्युट, फोटोजेनिक, डिसिप्लेन, फ्रेण्डशीप, पंचुआलिटी, बेस्ट हेयर, वेस्ट स्किन लगायत नेप्लिज काउन्सिल मोडल अफ द एयर २०१३ टाईटल समेत वितरण गरिनेछ ।

प्रतिक्रिया