Bisal Chautari Logo

७८ बढी भोटले लयलाई हराउदै बोगटी कलाकार संघको अध्यक्षमा निर्वाचित || गजितले ल्याए बढी भोट

- २७ मंसिर २०७२, आईतवार १३:०० मा प्रकाशित


Ram Keshar Bogati winner Film Artistes Association of Nepal
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ मंसिर २७ आइतबार । ७८ बढी भोटले लय संगौलालाई हराउदै रामकेशर बोगटीले कलाकार संघको अध्यक्ष पदमा निर्वाचित भएका छन । नवनिर्वाचित अध्यक्ष बोगटीले आफूले प्रतिवद्धता गरेका ७ बुदा कार्यन्वयन गर्ने बताएका छन् । उनले कलाकार संघको आफ्नै भवन बनाउने बचन पूरा गर्ने बताएका छन् ।

Ram Keshar Bogati winner Film Artistes Association of Nepal (1)
काठमाण्डौको नेपाल पुलिस क्लबको हाता भित्र भएको निर्वाचनमा अध्यक्ष पदमा रामकेशर बोगटी निर्वाचित भएका हुन् । बोगटीले २३८ मत प्राप्त गरे । उनका प्रत्याशी लय संगौलाले १६० मत प्राप्त गरे । त्यस्तै अध्यक्ष पदका उम्मेदवार विशाल बिष्टले भने जम्मा १० मत प्राप्त गरे ।

Ram Keshar Bogati winner Film Artistes Association of Nepal
उपाध्यक्ष पदमा भने सानु ताम्राकारले २७७ र रेजिना उप्रेतीले १८१ मत प्राप्त गर्दै विजयी भए । महासचिव पदमा सरिता लामिछानेले २२५ मत र उनका प्रतिस्पर्धी कृष्ण ढुंगानाले १७१ मत प्राप्त गरे । सचिव पदमा चेत बहादुर सिंहले १९६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी संजय खतिवडाले १८८ मत ल्याए । कोषाध्यक्ष पदमा विमला केसीले २०४ मत प्राप्त गर्दै विजय हासिल गरिन् । उनका प्रतिद्वन्द्वी आकाश खवासले १९० मत प्राप्त गरे । सहकोषाध्यक्ष पदमा नायिका नन्दिता केसी निर्विरोध विजयी भइन् ।
gajit bista winner Film Artistes Association of Nepal (2)त्यस्तै सदस्य पदमा भने अभिनेता गजित बिष्टले सवार्धिक धेरै मत ल्याएर विजयी भए । उनले २८७ मत ल्याएका थिए । यो निर्वाचनमा कुनै सदस्यले पाएको सवैभन्दा धेरै मत हो । सदस्य पदमा शिवहरी पौडेल, सविन श्रेष्ठ, देविराम पराजुली, अशिष्मा नकर्मी, शिवहरी नेपाल, कविता गेलाल, रश्मी भट्ट, धन बहादुर बमजन, बिष्णु प्रसाद सापकोटा विजयी भए । नया कार्यसमितीले सपथ ग्रहण समेत गरेको छ । निवर्तमान अध्यक्ष नवल खड्काले वर्तमान अध्यक्ष रामकेशर वोगटीलाई पद हस्तान्तरण गरेका छन् । यसपटकको निर्वाचनमा महिला कलाकारको संख्या धेरै देखिएको छ । ७ जना महिला कलाकार यसपटकको समितिमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया