Bisal Chautari Logo

पुर्व गृहमन्त्री खुमबहादुरले रेन्जर’ को मुर्हत गरे

- ३ जेष्ठ २०७१, शनिबार ०३:४७ मा प्रकाशित


Ranjer-nepali-movie
काठमाडौं, २०७१ जेठ ३ शनिवार । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा चलचित्र बन्न भन्दा पहिल्यैदेखी प्रचार गर्ने शैलिमा रहन्छन् । यस्तै क्रममा बन्न लागेको चलचित्र ‘रेन्जर’को मुर्हत नेपाली कांग्रेसका नेता तथा पुर्व गृहमन्त्री खुमबहादुर खड्काले गरेका छन् । काठमाडौमा शुक्रबार एक औपचारीक कार्यक्रम गरी चलचित्रको मुर्हत गरिएको थियो ।

नेपालको सार्वभौमिकता एवं ईज्जत र प्रतिष्ठाको संरक्षण गर्ने संसारका महान् योद्धाहरुको समेत मुटु थर्काउने बीरता र साहसको एतिहासिक गाथामाथीको बिषयमा तयार हुन लागेको चलचित्र ‘रेन्जर’को शुभ मुहुर्त गरेपछि कार्यक्रममा बोल्दै खुमबहादुरले चलचित्रले उठान् गरेको विषय नै राष्ट्रको लागी झल्किने बताए । सीता सिम्खडाको निर्माणमा तयार हुन लागेको यो चलचित्रलाई सरोज पौडेलले निर्देशन गर्दैछन् । चलचित्रमा अच्युतराज अर्याल कार्यकारी निर्माता, सुमन खड्का र नन्द बहादुर बुढा सह–निर्माताको रुपमा छन् । त्यस्तै सुशिल पोखरेलको लेखन, रोशन श्रेष्ठको द्धन्द्ध, विपिन मल्लको सम्पादन, रामजी लामिछानको नृत्य तथा पाश्र्व संगीत, विकास चौधरीको संगीत रहने चलचित्रलाई ‘रेन्जर बास्तवि योद्धा’को नाम दिइएको छ । चलचित्रमा सुशील पोखरेल, नन्दिता केसी, पुष्कर भट्ट, शुरविर पण्डित, सौजन्य सुब्बा, बिमला गिरी, जेनी कुवर, भाष्कर बानिया, सुरज सिंह, निरज भण्डारी  लगायतका कलाकारहरुको अभिनय रहनेछ । सौर्य साभार

 Ranjer-nepali-movie artist : nandita kc, bhawana gurung, saujanya subba, sushil pokharel, bimala giri, surbir pandit,etc.

प्रतिक्रिया