Bisal Chautari Logo

अमेरिकाबाट फर्के लगत्तै महा अभिनेता राजेश हमालको ‘बागमती’लाई साथ

- २१ मंसिर २०७२, सोमबार १८:३८ मा प्रकाशित


Rajesh Hamal went back after the United States Bagmati to support
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ मंसिर २१ सोमबार । तिहार मनाउन अमेरिका हानिएका महानायक राजेश हमाल गत बिहिबार मात्रै नेपाल फर्केका छन् । नेपाल फर्किनासाथ हमालले प्रदर्शोन्मुख फिल्म ’बागमती’ निर्माण युनिटलाई भेटे र उनको कमब्याक भनेर प्रचार गरिएको यो फिल्मको लागी आफ्नो तर्फबाट हर कदम सहयोग रहने बचन समेत दिए ।

Rajesh Hamal went back after the United States Bagmati to supportशुक्रबार हमालसगको छलफलपछि निर्माता तथा प्रस्तुतकर्ता दिनेश दर्शनधारीले फिल्म पब्लिसिटीको लागी आफ्नो पुर्णतम: साथ र सहयोगको आश्वासन हमालले दिएको बताएका छन् । ‘उहासगको भेटघाटपछि फिल्मको प्रचारको लागी थप उर्जा मिलेको छ, अब अन्य कलाकारहरुसगै महानायक ज्यू पनि प्रचारमा सँगसगै देखिनुहुनेछ’ दर्शनधारीले सुनाए ।’
साथै उनी अमेरिका रहादा समेत त्यहा रहेका नेपालीहरुले छिटो नेपाल फर्केर बागमतीको प्रचारको लागी उत्रिन आग्रह गरेको समेत खुलाएका छन् । अमेरिका रहादा ’बागमती’को बारेमा धेरैले चासो व्यक्त गरेको भन्दै फिल्मलाई दर्शकको साथ मिलाउनको लागी हर कोशिष गर्ने समेत उनले बचन दिएका छन ।

Rajesh Hamal movie bagmati
पौष २४ रिलिज मिति तय भएको यो फिल्मलाई सुरुवाती दिनबाट नै ’महानायकको कमब्याक’ स्लोगन सहित प्रचार गरिएको छ भने साउथ ईण्डियन निर्देशक सन्नि केराला निर्दे्शित यो फिल्म आफ्नो अहिलेसम्मकै फरक अभिनय र प्रस्तुतीमा बनेको भन्दै हमालले पनि यसअघी नै ’बागमती’को लागी आफु पुर्णत: लागीपर्ने बताउादै आएका छन् । एकसमय राजेश हमालको नाम लिएपछि फिल्म चल्थ्यो, तर अहिले त्यो अवस्था छैन् । त्यसैले पनि हमालको पुनरागमनको रुपमा लिईएको यो फिल्मप्रति उनको ठुलो आशा पक्का हुनसक्छ ।
त्यसो त कुनै सार्वजनिक ठाउ होस् या सभा सम्मेलन, हमाल जहाा उभिन्छन्, त्यहाा उनका फ्यान तथा सुभचिन्तकहरुले घेरीहाल्छन् । त्यसैले पनि हमालको उपस्थिती ’बागमती’ युनिटलाई प्रचारप्रसारमा बलियो खम्बा बन्नसक्छ ।
यो फिल्ममा हमालसगै शिव श्रेष्ठ, केकी अधिकारी, श्रेया कार्की लिड रोलमा छन् ।

प्रतिक्रिया