Bisal Chautari Logo

यसरी मनायो ‘वडा नम्बर ६’ले ७१ दिने सक्सेस पार्टी (फोटो फिचर सहित)

- १९ मंसिर २०७२, शनिबार १५:३१ मा प्रकाशित


wada number 6 movie success party
विशाल चौतारी समाचार
तस्बिरहरु : बिशाल राई
काठमाडौ, २०७२ मंसिर १९ शनिबार । सफल बनेका चलचित्रहरुले ५१ औं दिन मनाउने परम्परालाई ताड्दै चलचित्र ‘वडा नम्बर ६’ युनिटले प्रदर्शनमा आएको ७१ औं दिनमा ‘सफलता साझ’ मनाउदै चलचित्रकर्मी तथा सञ्चारकर्मीमाझ सफल्ताको खुशी साटेको छ ।

wada number 6 movie success party
हिजो शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा चलचित्रसग जोडिएका सबैलाई मायाको चिनो प्रदान गरियो भने प्राविधिकहरुलाई बोनस समेत बााडियो । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको हातबाट चलचित्रसंग जोडिएका सबैले मायाको चिनो थापेका थिए ।

wada number 6 movie success party (1)
कार्यक्रममा निर्देशक उज्जल घिमिरेसंगै लिड कलाकार प्रियंका कार्की, दयाहाङ राई, केदार घिमिरे (माग्ने बुढा), जितु नेपाल, राजाराम पौडेल, विल्सन विक्रम राई, दिपाश्री निरौला लगायतले कलाकारको तर्फबाट मायाको चिनो लिए भने सबैभन्दा बढी सेयर दिने हलहरु क्युएफएक्स, बिग मुभिज, गोपिकृष्ण र अष्टनारायण हललाई पनि मायाको चिनो प्रदान गरियो । त्यस्तै वितरकको तर्फबाट एफडी कम्पनि र गोपाल कायस्थले सम्मान थापे । यसअघि शुक्रबार दिउसो एमाओबादी अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल लगायतलाई चलचित्र देखाईएको थियो ।

wada number 6 movie success party (4)

wada number 6 movie success party (6)

wada number 6 movie success party (5)

wada number 6 movie success party (3)

प्रतिक्रिया