Bisal Chautari Logo

सडक बालबालिकाहरूको कथामा बनेको सिनेमा ‘चकलेट’को पव्लिसिटि सडकमै (भोलिबाट रिलिज )

- १७ मंसिर २०७२, बिहीबार १५:४७ मा प्रकाशित


CHOCOLATE New Nepali Movie publicity
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ मंसिर १७ बिहिबार । सडक बालबालिकाहरूको कथामा बनेको चलचित्र ‘चकलेट’को रिलिज भोलि शुक्रबारबाट देशभर हलमा लाग्दैछ । चलचित्र युनिट अहिले चलचित्रको प्रचार–प्रसारमा ब्यास्त रहेका छन् । चलचित्र युनिट अहिले काठमाडौका रोडहरुमा सिनेमाको प्रचार–प्रसार गरिरहेका छन् ।

CHOCOLATE New Nepali Movie publicity
टेलिश्रृंखला तीतो सत्यका ‘गैंडा’ निर्मल शर्माले पहिलो पटक निर्देशन गरेको चलचित्र ‘चकलेट’ सडक बालबालिकाहरूको कथामा बनेको हुनालेपनि प्रचार–प्रसार सडक, रोडहरुमा गरिएको चलचित्र युटिनको भनाइ रहेको छ । शर्माले दरबारमार्ग क्षेत्रमा देखिने सडक बालबालिकाहरूको अवस्थाका बारेमा अध्ययन गरेपछि त्यही विषयमा चलचित्र ‘चकलेट’ तयार पारेका हुन् ।

चलचित्र चकलेटको अन्तिम प्रचार–प्रसारको क्रममा कोटेश्वरमा
भिडियो हेर्न क्लिकमा थिच्नु होला ।

क्लिक

अभिनेत्री पूजना प्रधानको लगानी रहेको यो चलचित्रमा पूजना नै मुख्य भूमिकामा छिन् । सडक बालिकाबाट युवती भएपछि पनि बालबालिकाहरूसाग सडकमै रमाइरहेकी पुजनालाई एक धनाढ्य व्यापारीले मन पराएपछि कथामा आउने मोडहरू नै चलचित्रको आकर्षक पक्ष भएको निर्देशक शर्माले बताएका छन् ।
उता चलचित्र ‘चकलेट’की अभिनेत्री तथा निर्मात्री पूजना प्रधानले सिनेमा निर्माण गर्नुको रहस्य सडकमा रहेर जीवनयापन गरिरहेका ५० जना बालबालिकालाई पाल्ने, पढाउने जिम्मा लिएर भवन निर्माण गर्न लागेकी छिन् । चलचित्रबाट आएको सम्पुर्ण रकम भवन निर्माणमा नै खर्च हुने पूजनाले बताएकी छिन् । तेजस्वी प्रधानसहित नौ जना बालकलाकारले अभिनय गरेको चलचित्रको कथा पनि तिनै बालबालिकाहरूले अघि बढाएका छन् ।
यो साता एकल प्रदर्शन हुने चलचित्र ‘चकलेट’ले सामाजिक चलचित्र मन पराउनेहरूको मन जित्न सक्ने विश्वास लिइएको छ । चलचित्रमा कलाकारहरु पूजना प्रधान, आयुष्मान घिमिरे, नम्रता झा, केशव भट्टराई आदि रहेका छन् ।

प्रतिक्रिया