Bisal Chautari Logo

आशिर्वाद लिन ‘ढुवानि’ टिमले बृद्धाहरुलाई सहयोग गरे, बृद्धाहरुले आशिर्वाद दिए

- ४ भाद्र २०७०, मंगलवार ०४:०८ मा प्रकाशित


४ भाद्र, काठमाडौ । 

कविता श्रेष्ठको निर्माण तथा पीताम्बर पाण्डेले निर्देशन गरेको चलचित्र ‘ढुवानी’ यूनिटले काठमाडौको तिनकुनेमा रहेको नि सहाय सेवा सदनमा पुगेर त्यहाँ रहेका ४२ जना बृद्धाहरुलाई खान खुवाएको छ । 
भदौ २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र प्रदर्शनको दिन नजिकिदै जाँदा यसको चर्चा पनि चुलिएको छ । वृद्धाहरुलाई खाना खुवाउने क्रममा ‘ढुवानी’ प्रस्तुतकर्ता कविता श्रेष्ठ, निर्माता मञ्जिल श्रेष्ठ, अभिनेता किशोर खतिवडा, छायांकार पुरुषोत्तम प्रधान, निर्देशक पिताम्बर पाण्डे लगायतको टोली सेवा सदनमा पुगेको थियो । निर्मात्री श्रेष्ठले आफूहरु प्रायजसो यहाँ आइरहने बताउँदै सोमबार बृद्धाहरुबाट आशिर्वाद लिन आएको प्रतिक्रिया दिइन् । यो चलचित्रमा धिरेन्द्र थापा, अनु गायक, सगुन शाही, हरुण अली, काका अली, दिपक अधिकारी, उदय अली लगायतका कलाकारको अभिनय छ । चेलिबेटी बेचबिखनको बिषयलाई सुक्ष्म रुपमा उठान गरेको यो चलचित्रलाई माइती नेपालले च्यारेटी गर्ने जिम्मा लिइसकेको छ । चलचित्र मिहिनेत गरेर बनाएकाले पनि राम्रो चल्नेमा निर्माणपक्षका कविता श्रेष्ठले ढुक्क रहेको बताईन् ।

प्रतिक्रिया