Bisal Chautari Logo

सुनीताको ‘समर्पण’ बजारमा

- १४ मंसिर २०७२, सोमबार १६:०२ मा प्रकाशित


sunita rai music albam
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ मंसिर १४ सोमबार । खोटाङ जिल्लाको माक्पा गाविस ३ बेब्लामा जन्मिएकी उदीयमान गायिका सुनीता राईको गीति एल्बम समर्पण बजारमा आएको छ । एल्बममा प्राज्ञ संगीतकार शान्तिराम राईको रहेको छ । सङ्गीतकार शान्तिरामको एकल सङ्गीत रहेको यो २५ औं एल्बम हो । एल्बममा ५ वटा गीत समेटीएको छ । जसका गीतकारहरुमा बुद्धवीर लामा, प्रेम राई, इन्द्र राई, टंक भट्टराईको शब्द रचना रहेको छ ।

sunita rai music albam
सानैदेखी गीतगाउने रुची भएपनि घरको प्रतिकूल परिस्थितिका कारण सागीत क्षेत्रमा आउन ढीलाई भएको स्वीकार्दै गायिका सुनीता राईले बााकी जीवन गीत सागीतमै समर्पित गर्ने सो अवसरमा बताएकी छिन् । सानैमा बुबाको निधन पछि घरको लथालिाग आर्थिक अवस्थाका कारण चाहेर पनि सागीत क्षेत्रमा आउन नसकेको पीडा एकातिर थियो भने केही आर्थिक कमाई गरेर दिदिलाई सागीत क्षेत्रमा लाग्न सघाउाछु भन्ने आफ्नो भाई खुशीमान राईको गत साल मात्र बैदेशिक रोजगारीको शिलशिलामा मलेशिया पुगेका बेला दु;खद निधनका कारण झनै हतोत्साही भईन् । उनी भन्छिन् –‘दिदिलाई सफल गायिका बनेको देख्न चाहने भाईको सपना पुरा गर्न पनि म यो क्षेत्रमा अब डटेर लाग्ने छु । गायनमा म सफल भएा भने मेरो भाईको आत्माले पनि शान्ति पाउने छ ।”

प्रतिक्रिया