Bisal Chautari Logo

पूजना भन्छिन्, ‘सडक बालबालिकाहरुको भविश्य बनाउन ‘चकलेट’ बनाए (तस्बिर सहित)

- १४ मंसिर २०७२, सोमबार १५:०७ मा प्रकाशित


poozana pradhan chocolate nepali movie Road children make career
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७२ मंसिर १४ सोमबार । चलचित्र ‘चकलेट’की अभिनेत्री तथा निर्मात्री पूजना प्रधानले सिनेमा निर्माण गर्नुको रहस्य खुलासा गरेकी छिन् । काठमाण्डौमा आज आयोजित पत्रकार सम्मेलनमा सडकमा रहेर जीवनयापन गरिरहेका बालबालिकाको कथामा चलचित्र निर्माण भएको बताउदै भनिन्,‘–५० जना बालबालिकालाई पाल्ने, पढाउने जिम्मा लिएर भवन निर्माण गर्न लागेको छु ।’ चलचित्रबाट आएको सम्पुर्ण रकम भवन निर्माणमा नै खर्च हुने पूजनाले बताएकी छिन् ।

poozana pradhan chocolate nepali movie Road children make career (7)
मंसिर १८ गतेबाट प्रदर्शनमा आउनका लागि तयार भएको चलचित्र ‘चकलेट’को काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा अभिनेत्री तथा निर्मात्री पूजनाले चकलेट बाढ्दै पत्रकार तथा पाहुनाको स्वागत गरिन् । चलचित्रलाई निर्मल शर्माले निर्देशन गरेका हुन् । चलचित्रबाट ठूलो आशा गरेर नजान भन्दै निर्देशक शर्माले सामान्य कथामा सरल चलचित्र बनाएको बताए । चलचित्रका कलाकार आयुष्मान घिमिरेले पनि आफ्नो तर्फबाट नगद २५ हजार भवन निर्माणका लागि दिने बताए । उनले चलचित्र क्षेत्रमा लागिरहने र यसको सुरुवात ‘चकलेट’बाट भएको बताए । निर्देशक निर्मल शर्माले चलचित्र निर्देशन गरेवापतको सबै पारिश्रमिक आफूले भवन निर्माणका लागि दिएको पनि बताए ।

poozana pradhan chocolate nepali movie Road children make career (1)
कार्यक्रममा हास्य कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलाले शुभकामना दिए । उनीहरुले ‘चकलेट’ चकलेट जस्तै गुलियो हुनेमा विश्वस्त रहेको बताए । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले निर्मल शर्मा जस्तै सरल कथामा ‘चकलेट’ बनेको भन्दै सफलताको शुभकामना दिए । काठमाण्डौको दरबारमार्गमा रहेका सडक बालबालिकाको कथामा यो चलचित्र निर्माण भएको छ । चलचित्रका कलाकार केशव भट्टराइले यो चलचित्रमा आफू धनाढ्य मानिसको भूमिकामा देखिएको जानकारी गराए । उनले पनि चलचित्र हेर्न ठूलो आशा र भयंकर कथा छ भनेर नजान आग्रह गरे । चलचित्रमा नम्रता झा, सुमन गैरको पनि मुख्य भूमिका छ ।

nirmal sharma chocolate nepali movie Road children make career (5)

poozana pradhan chocolate nepali movie Road children make career (3)

chocolate nepali movie Road children make career (4)

poozana pradhan chocolate nepali movie Road children make career (2)

प्रतिक्रिया