Bisal Chautari Logo

‘क्लासिक’ फस्टलुकमा यसरी झल्कियो आर्यन र नम्रताको पिरती

- १२ मंसिर २०७२, शनिबार ११:१६ मा प्रकाशित


classic movie aaryan sigdel and namrata shrestha
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ मंसिर १२ शनिबार । नेपाली चलचित्र क्षेत्रमा सफल जोडीको रुपमा चिनिएका अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठद्धरा अभिनित पछिल्लो चलचित्र ‘क्लासिक’को फस्टलुक सार्वजनिक भएको छ । फस्टलुक सार्वजनिक भएपछि फेरी यो जोडीको चर्चा बढेको छ ।

classic movie aaryan sigdel and namrata shrestha
सांगीतिक लभस्टोरी यो चलचित्रमा आर्यन सिग्देल र नम्रता श्रेष्ठले आाखा देख्न नसक्ने पात्रको भूमिका निर्वाह गरेका छन् । सार्वजनिक फस्टलुकले चलचित्र भित्रका विभिन्न बिषयलाई चित्रित गरेको छ । चलचित्र सांगीतक लभस्टोरीको साथमा गाासिएको हासो, मित्रता, प्रेम, वियोगका कुरालाई फस्ट लुकले प्रतिविम्बित गरेको छ ।

classic movie aaryan sigdel and namrata shrestha (2)
सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको व्यानरले ‘नोभेम्बर रेन’को सफलतापछि नयाँ चलचित्र ‘क्लासिक’ निर्माण गरेको हो । माघ २९ गते नेपालभर प्रदर्शनमा आउने तयारीका साथ धमाधम यो चलचित्रको काम भैरहेको छ ।
दर्शकको कौतुहलतालाई हेर्दै चलचित्रको निर्माण यूनिटले यसको फस्ट लुक सार्वजनिक गरेको छ । दिनेश राउतको निर्देशनमा बनेको चलचित्र ‘क्लासिक’को छायांकन केही दिन बाकी छ । निर्माता सुवास गिरीले चलचित्रको पोष्ट प्रोडक्शनको कामसँगै प्रचारलाई पनि सुरुवात गरिएको बताए ।

classic movie aaryan sigdel and namrata shrestha (1)
चलचित्रमा राजेश श्रेष्ठको छायांकन, ताराप्रकाश लिम्बुको संगीत, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको द्धन्द्ध, रेनशा वान्तवा राइको कोरियोग्राफी, छेतन गुरुङको लेखन छ । चलचित्रमा आर्यन सिग्देल र नम्रता श्रेष्ठको साथमा सुशिल काफ्ले, प्रज्वल गिरी, रोमी घिमिरे लगायत छन् ।

प्रतिक्रिया