Bisal Chautari Logo

वर्षालाई अंगालो हाल्दा ‘पशुपति प्रसाद’ खगेन्द्र लाजले भुतुक्क… (ट्रेलर तथा फोटो फिचर सहित)

- १० मंसिर २०७२, बिहीबार ०८:१८ मा प्रकाशित


PASHUPATI PRASAD Movie Trailer Khagendra Lamichhane and Barsha Shiwakoti

विशाल चौतारी समाचार
काठमाडौ, २०७२ मंसिर १० बिहिबार । अभिनेता खगेन्द्र लामिछाने आफ्नो पछिल्लो चलचित्र ‘पशुपति प्रसाद’को ट्रेलर सार्वजनिकमा निकै लजालु स्वभावमा प्रस्तुत भएका थिए । चलचित्रको ट्रेलर सार्वजनिकपछि मिडिया फोटोसेशनको क्रममा अभिनेत्री वर्षा सिवाकोटिलाई अंगालो हाल्न परेपछि लाजले भुतुक्क बनेका थिए । अभिनेता खगेन्द्र भन्दै थिए, –‘मलाई फोटो खिच्न भनेपछी साह्रै लाज लाग्छ ।’

PASHUPATI PRASAD Movie Trailer Khagendra Lamichhane and Barsha Shiwakoti
दीपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्र ‘पशुपति प्रसाद’को ट्रेलर सार्वजनिक काठमाडौमा आज एक पत्रकार सम्मेलनको आयोजना गरी भएको थियो । बाबु आमाको अुधरो सपना पुरा गरेर उनीहरुलाई स्वर्ग तान्ने लक्ष्य लिएर पैसा कमाउन शहर आएको गाउले केटोको कथालाई प्रस्तुत गरेको यस सिनेमाको प्रोमोशनल ट्रेलर सार्वजनिक गरिएको हो ।

PASHUPATI PRASAD Movie Trailer Khagendra Lamichhane and Barsha Shiwakoti
टुकी आर्ट्स र दीपेन्द्र के खनाल प्रोडक्सनमा बनेको यो चलचित्र आगामी माघ १५ देखि प्रदर्शनमा आउने छ । चलचित्रको कथा ‘टलकजंग भर्सेज टुल्के’का लेखक तथा अभिनेता खगेन्द्र लामिछानेले नै लेखेका हुन् । चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा सिवाकोटी, विपिन कार्की, रविन्द्र सिंह बानिया, प्रकाश घिमिरे, सजन राई, विभु विप्सन लगायतले मुख्य भूमिका रहेको छ । सोसल ड्रामा श्रेणीको यस चलचित्रले एउटा पात्रको यात्राको कथा बोकेको छ ।

PASHUPATI PRASAD Movie Barsha Shiwakoti and madhab wagle
यस चलचित्रका निर्देशक दीपेन्द्र के खनालले आफु फरक कथा र विधामा चलचित्र बनाउन रुचाउने भएकाले ‘पशुपति प्रसाद’लाई पनि फरक शैलीमा बनाइएको बताए । त्यस्तै चलचित्रका मुख्य कालकार खगेन्द्रले आफ्नो अघिल्लो चलचित्र ‘टलकजंग भर्सेज टुल्के’मा दर्शकले टुल्केका रुपमा मनपराएको सम्झादै टुल्केबाट माथि उठेर ‘पशुपति प्रसाद’का रुपमा चिनिनु आफ्नो लागि पनि चुनौती रहेको बताए । यता, अभिनेत्री वर्षा सिवाकोटीले आफुले कथा र पात्रमा ध्यान दिएर चलचित्रमा काम गरेको दाबी गरिन् । कार्यक्रममा निर्माता तथा वितरक माधव वाग्लेले सिनेमाको ब्यापार राम्रो हुने दावी गरेका थिए ।

PASHUPATI PRASAD Movie Trailer Khagendra Lamichhane and Barsha Shiwakoti (3)

PASHUPATI PRASAD Movie Trailer Barsha Shiwakoti

PASHUPATI PRASAD Movie Trailer Khagendra Lamichhane and Barsha Shiwakoti (1)

PASHUPATI PRASAD Movie Trailer Khagendra Lamichhane and Barsha Shiwakoti

Tukee Arts & Dpendra K. Khanal Production Presents !!!
New Nepali Movie: PASHUPATI PRASAD
Starring: Khagendra lamichhane, Barsha Shiwakoti, Bipin Karki, Prakash Ghimire, Rabindra Singh Baniya, Mishree Thapa, Ashish Adhikari
Music: Hari Lamsal
Action: Surya Thokar
Cinematographer: Nijaj Kadel
Editor: Dirga Thapa
Executive Producer: Rojina Sitaula
Co-Producer: Arjun Karki (swami), Ashis Adhikari
Producer: Rajana Napit
Writer: Khagendra Lamichhane
Story/Drection: Dpendra K. Khanal
© Highlights Nepal Pvt. Ltd.

प्रतिक्रिया