Bisal Chautari Logo

राजेशपायलले डेनमार्कमा ‘नाई नभन्नु ल–४’ को गीत गाउँदा…. ?

- ७ मंसिर २०७२, सोमबार १७:०० मा प्रकाशित


Rajesh Payal Rai Denmark program
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ मंसिर ७ सोमबार । नेपाली सुगम संगीत तथा पाश्र्व गायनका नम्बर एक गायक ‘राई इज किङ’ राजेश पायल राईले डेनमार्कमा भएको कार्यक्रममा ‘नाई नभन्नु ल ४’ को ‘मैनाराजा मैनारानी’ बोलको गीत गाउदा दर्शकहरु स्टेज अगाडी उर्लिएका थिए ।

Rajesh Payal Rai Denmark program
आफ्नो युरोप टुरको चौथो कार्यक्रम चार्लोटस्थित कोपेनहेगनमा राजेशपायलसंगै कोपेनहेगनबासी झुमेका थिए । कार्यक्रमलाई राजेशपायल म्युजिकल नाईट नाम दिएको उक्त कार्यक्रममा राजेशले करिव ३० वटा गीत गाए । कार्यक्रममा नाई नभन्नु ल ४ को मैनाराजा मैनारानी बोलको गीतबाट सुरुवात गरेका राईले ‘बसमा छैन यो मन’ गीतबाट कार्यक्रमको बिट मारेका थिए ।

Rajesh Payal Rai Denmark program (2)राईलाई सागरसरी चोखो मायामा स्थानीय गायिका निरा थापाले साथ दिएकी थिइन् भने धरान धरान धनकुटा भेडेटारको बोलको गीतमा कुसुम दाहालले साथ दिइन् । कार्यक्रममा राजमान तामाङ, सन्तोष लामिछाने र रबिन दाहालले रौनक थपेका थिए । कार्यक्रम सोंचेभन्दा बढी सफल भएको आयोजक जितेन्द्र कार्कीले बताए । गायक राई भोलि बेल्जियम जाादैछन् ।

भिडियो हेर्नुहोस् : CLICK – RAJESH PAYAL RAI

प्रतिक्रिया