Bisal Chautari Logo

गायिका मेनुकाको ‘समर्पण’ डीभीडी एल्बम बजारमा

- ७ मंसिर २०७२, सोमबार १६:३० मा प्रकाशित


menuka rai albam samarpan
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ मंसिर ७ सोमबार । गायिका मेनुका राईले ‘समर्पण’ नामक डीभीडी एल्बम बजारमा ल्याएकी छिन् । रिभेन्ज म्युजिक क्रिएसनले बजारमा ल्याएको म्युजिक भिडियो एल्बममा ‘मेरो जिन्दगीमा तिमी, एक दुई तिन, माया आरिसे, तारिफ, सुनाखरी पाखैमा, बिदेशको छाउनीमा र ए प्रिय’ बोलको गीत समावेश गरिएको छ ।

menuka rai albam samarpan
म्युजिक भिडियोमा समावेश गीतहरु मिन्शोहाङ लिम्बु, सिरोमणी दवाडी, फगेन्द्र, मगर, दिनेश सुब्बा, शिव थापा मगर, हिमकला राई र नरेश भट्टराईको शब्द रहेको छ, भने मिनसोहाङ लिम्बु, देमिन राई, राजेश दावा, सन्तोश प्रगाड, शिव थापा मगर, शान्ति राम राई र बिनोद खम्बुको संगीत रहेको छ । म्युजिक भिडियोलाई शिशिर मुनाल, शिव ओम, दिनेश लिङ्देन, गोविन्दा राई र रक्षक थापाले निर्देशन गरेका छन् ।

प्रतिक्रिया