Bisal Chautari Logo

‘टिन स्टार नेपाल–२०१५’ र ‘लिटिल च्याम्प–२०१५’ को पुन: अडिसन खुल्ला

- ७ मंसिर २०७२, सोमबार १५:३८ मा प्रकाशित


Teen Star Nepal 2015 and little champs 2015 
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ मंसिर ७ सोमबार । मर्निङ ग्लोरी इन्टरटेन्मेन्टले आयोजना गरेको ‘टिन स्टार नेपाल–२०१५’ र ‘लिटिल च्याम्प–२०१५’ को पुन: अडिसन खुल्ला गरिएको छ । आयोजक संस्थाकी अध्यक्ष मोहना क्षेत्री खनालले बताए अनुसार देशमा भएको बन्द हडतालका कारण पुन: अडिसन खुलाउन परेको बताइन् ।

Teen Star Nepal 2015 and little champs 2015
बच्चाहरुको कुशल प्रतिभालाई प्रश्फुटन गराउने उद्देश्यले आयोजना गरेको ‘टिन स्टार नेपाल–२०१५’ र ‘लिटिल च्याम्प–२०१५’को अडिसनसंगै प्रतिस्पर्धी बालबालिकाहरुको फोटोसुट घमाघम भइरहेको छ । केही दिन अगाडी राजधानीको रंगशालामा केही बालबालिकाहरुको फोटोसुट सम्पन्न भएको छ ।
आयोजकका अनुसार अडिसन सुरु भएकाले इच्छुक बालबालिकाहरुले यस प्रतियोगीतामा भाग लिन सक्नेपनि बताएको छ । आयोजक संस्थाकी अध्यक्ष मोहना क्षेत्री खनालको अनुसार यस प्रतियोगीताको कोरियोगा्रफर कला सुब्बा नै रहनेछन् । अध्यक्ष मोहनाका अनुसार बालबालिहरुमा हुने भित्री क्षमतालाई उजागर गर्न र उनीहरुको प्रतिभालाई राष्ट्रिय स्तरमा ल्याउन यो लिटिल च्याम्प गर्न लागिएको बताइन् । बालबालिकाहरुलाई अडिसन, फोटोसुटपछी व्यक्तित्व विकास, फोटो सुट, सामाजिक कार्यमा सहभागी गराउने, सांस्कृतिक सम्पदाहरुको भ्रमण लगायत विभिन्न विधाको शिक्षा दिने समेत अध्यक्ष मोहनाले बताइन् ।

प्रतिक्रिया