Bisal Chautari Logo

हिंसा र हत्या भड्काएको आरोपमा इजिप्टका वरिष्ठ विपक्षी नेता गिरफ्तार

- ४ भाद्र २०७०, मंगलवार १६:३५ मा प्रकाशित


इजिप्टमा सैन्य सरकारको विरोध गरिरहेको मुस्लिम ब्रदरहुडका एक वरिष्ठ नेता, मोहम्मद बदिआ पक्राउ परेका छन् । हिंसा र हत्या भड्काएको आरोपमा पक्राउ पुर्जी जारी गरिएपछि उनी भागी हिंडेका थिए ।राष्ट्रपति मोहम्मद मोर्सीलाई बर्खास्त गरिएपछि विरोधमा उत्रिएका इस्लामीहर विरुद्ध कारवाही तीव्र बनाइँदै गर्दा इजिप्टमा संकटकाल लागु गरिएको स्थिति छ । पछिल्लो पटक हिंसा शुर भएपछि झण्डै ९०० जना मारिएका छन् । ती मध्ये ३६ इस्लामी विद्रोहीहरु कैदीहर राखिने एउटा भ्यानमा आइतवार मारिएका थिए ।
सोमबार संदिग्ध इस्लामी उग्रवादीहरले साइनाइ शहरमा २५ जना प्रहरीलाई धरापमा पारी मारेका थिए । राष्ट्य शोक सो घटनापछि सरकारले तीन दिनका लागि राष्ट्रिय शोक घोषणा गरेको छ । गाजासितको सीमा क्षेत्र नजिक भएको सो हमला इजिप्टमा सुरक्षाबलमाथि भएका सबै भन्दा ठूला आक्रमणहरु मध्येको एक थियो । सरकारी सुरक्षाबलमाथि भएको त्यस्तो ठूलो आक्रमणपछि बदिआ पक्राउमा परेका समाचार आएको छ । उनलाई उत्तरपूर्वी कायरोको नास्र शहरमा नियन्त्रणमा लिइएको थियो । गिरफ्तार गरिएपछि उनका तस्वीरहर नीजि टेलिभिजन च्यानलहरमा देखाइएको थियो । कायरोस्थित बीबीसीका एक संवाददाता भन्छन्, सेनाले मुस्लिम ब्रदरहुडमाथिको विजय देखाउन र भविष्यमा राजनीतिक वार्ता भए त्यसमा सो समुह कम्जोर रपमा प्रस्तुत होस् भनी ती तस्वीरहरु सार्वजनिक गरेको हो । केही दिनअघिका विरोध प्रदर्शनहरुका क्रममा बदिआका छोरा अम्मार मारिएका थिए ।
ब्रदरहुडको राजनीतिक संगठन फ्रिडम एण्ड जस्टिस पार्टीले वर्तमान उपनेता महमौद एज्जातले अहिलेको लागि बादीको भूमिका निर्वाह गर्ने आफ्नो वेबसाइटमा जनाएको छ । साभार बीबीसी

प्रतिक्रिया