Bisal Chautari Logo

कलाकारको अनुभवमा ‘बागमती’ चलचित्रसंग जोडिनु ठुलो उपलव्धि

- ७ मंसिर २०७२, सोमबार ०९:१० मा प्रकाशित


bagmati nepali movie Shiva Shrestha and Keki Adhikari
तस्बिर : विशाल राई
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ मंसिर ७ सोमबार । पौष २४ लाई रिलिज मिति तय गरेको फिल्म बागमती युनिट अहिले प्रचार प्रसारमा व्यस्त छ । निर्माण टिमको तर्फबाट आईतवार राजधानीमा आयोजित पत्रकारसाग अन्तकृया कार्यक्रममा चलचित्रका कलाकारहरुले आ–आफ्नो अनुभव सुनाए । प्रचारात्मक कार्यक्रममा पहिलोपटक देखिएकी अभिनेत्री केकी अधिकारीले बागमती चलचित्रसँग नाम जोड्न पाउनु नै आफ्नो लागी ठुलो उपलब्धी भएको सुनाईन् ।

bagmati nepali movie
साउथ ईण्डियन प्रविधीमा साउथकै निर्देशकले बनाएको यो फिल्मले नेपाल र भारबीचको चिसिंदो सम्बन्धलाई सुधार गर्नको लागी पनि महत्वपुर्ण भूमिका खेल्ने आशा केकीको छ । ‘नेपाली कथा र परिवेशमा भारतिय निर्देशकले बनाएको यो फिल्मले दुई देशिय सम्बन्धलाई मजबुद बनाउनको लागी पक्कै पनि भुमिका खेल्ने मेरो विश्वास छ’ कालो पहिरनमा चिटिक्क सजिएकी केकी बोलिन् ।

Keki Adhikari bagmati nepali movie
उनले फिल्म निकै उत्कृष्ट बनेको र आफुले अहिलेसम्म खेलेका हरेक फिल्म भन्दा विसुद्ध फरक बागमती रहेको भन्दै दर्शकको साथ र समर्थन पाउनेमा आशावादी रहेको बताईन् । सरसफाईको महा अभियानले बागमती नदी सफा हुादै गएझैं बागमती फिल्मले पनि दर्शकको मऔलिएको मनलाई सफा बनाउने उनको तर्क थियो ।

Vijay Satyal bagmati nepali movie
त्यस्तै पुराना नायक शिव श्रेष्ठले ‘क्राईसिस’को समयमा पनि निकै मेहनत र उच्च प्रविधीका साथ बनेको यो फिल्म पुर्ण मनोरञ्जनको खुराक बनेको धारणा राखे । कार्यक्रममा निर्माण टिमको तर्फबाट प्रस्तुतकर्ता बिजय सत्याल र दिनेश दर्शनधारी तथा निर्मात्री यशोदा राईले निर्माणमा तथा प्रविधिको प्रयोगमा कुनै कन्जुस्याईं नगरेको भन्दै दर्शकको साथ पाउनेमा आशावादी देखिए । फिल्ममा शिव र केकीसागै राजेश हमाल, श्रेया कार्की, रविकर घिमिरे लगायत लिड रोलमा छन् ।

Shiva Shrestha bagmati nepali movie

Shreya Karki bagmati nepali movieTree Entertainment Presents
Nepali Movie: Bagmati
Actors: Rajesh Hamal, Shiva Shrestha, Ravikar Prasad Ghimire, Keki Adhikari, Kanchan Thakuri
Cinematographer: Shiju Guruvayoor
Action: Rajkumar Upreti
Lyrics: Vijay Satyal
Music Director: A.S Ram(India)
Producer:Dinesh Darshandhari, Vijay Satyal
Director: Sunny Kerela

प्रतिक्रिया