Bisal Chautari Logo

जानुका राईको सास्कृतिक भिडियो एल्बम ‘थिबिया’ सार्वजनिक (भिडीयो सहित)

- ६ मंसिर २०७२, आईतवार १३:४३ मा प्रकाशित


januka rai albam Thibiya
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ मंसिर ६ आइतबार । नेपाली साङ्गीतिक क्षेत्रमा सास्कृतिक एल्बमहरु खासै आउदैन । किनभने व्यावसाय गर्दैन भन्ने भान सृष्ठामा हुन्छ । तर गायिका जानुका राईले भने आफ्नो पहिलो सास्कृतिक गीति एल्बम तथा भिडियो संग्रह ‘थिबिया’ सार्वजनिक गराएकी छिन् ।

januka rai albam Thibiya
सभामुख ओनसरी घर्ती मगर, सूचना, तथा सञ्चार प्रविधि मन्त्री शेरधन राई लगायतले हिजो शनिबार राजधानीको पर्यनट बोर्डमा एल्बमको विमोचन गरेका हुन् । सुम्निमा कल्चर एकेडेमीद्वारा आयोजित समारोहमा सभामुख ओनसरी मगरले विगतमा राज्यले विधितापूर्ण संस्कृति परम्परालाई आत्मसाथ गर्न नसकेको र अब नयाँ संघीय संविधानले सबै जातजाति, भाषाभाषीका संस्कृति परम्परालाई विभेदरहित ढंगले स्वामित्व ग्रहण गर्ने बताइन् । ‘नया संविधान जारी भएसगै नया अध्याय सुरु भएको छ,’ उनले भनिन्, ‘हामी नेपाली बीचको एकता कायम गर्दै विकासको अभियानमा अघि बढ्नु छ । हाम्रा कला, संस्कृतिलाई राष्ट्रले पूाजीका रुपमा बचाइ राख्ने छ ।’
त्यसैगरी सूचना, तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले नया संविधानले जाति, भाषा, संस्कृति, भुगोललाई एकताको जगमा समेटेको उल्लेख गरे । ‘नेपाल स्वतन्त्र राष्ट्र र राष्ट्रिय एकता कायम गर्दै नया सविधान जारी गरेका छौं,’ नया संविधान संशोधनीय भएको उल्लेख गर्दै उनले भने, ‘अब कार्यान्वयनको पक्षमा हामी सबै एकजुट हुनुपर्छ । त्यसनिम्ति कलाकर्मीहरुको सहभागिता महत्वपूर्ण हुनेछ ।’
त्यस्तै एकेडेमीका अध्यक्ष डीबी सरोज राईले भने–,‘किराती जातिको लोपोन्मुख मुन्धुमी लोकलय र मिथकीय मान्यता, कला परम्परालाई जगेर्ना गर्ने प्रयास गरिएको छ ।’ आयोजक संस्थाका सचिव तथा निर्देशक जनक राई किरात राई जातिको सांगीतिक पक्षबारेमा चर्चा गरेका थिए ।
एल्बममा किराती मिथक तथा मुन्धुम कथामा आधारित चारवटा गीत रहेका छन् । ‘ए थिबिया,’ ‘ओ तोरेम्पा’, ‘हेच्छाकुप्पा’ र ‘तान धागो तुनेर’ बोलका गीत रहेका छन् । कपिल राईद्वारा निर्माण गरिएको उक्त एल्बममा समेटिएका गीतको रचना क्रमश खुक्सङ खम्बु, टीका चाम्लिङ, भूपाल राई र बीरेन्द्र राईको रचना रहेका छन् । त्यसैगरी मनोज साङ्सोन, शान्तिराम राई, जितेन राई र सरेश अधिकारीले संगीत दिएका छन् भने भिडियो निर्देशन रोशन राई, जनक राई, भुपेन्द्र पुमा राईको रहेको छ । पूर्वको विभिन्न किराती थलोमा छायाङ्कन गरिएको भिडियो नायिका पशुपति राई, प्रविण पुमालगायतले अभिनय गरेका छन् । धामीझाक्री परम्परासमेत गीत संगीत तथा भिडियोमा समेटिएको छ ।

प्रतिक्रिया