Bisal Chautari Logo

रिदम राईको शब्द, संगीत, स्वरमा ‘जीन्दगी’ सार्वजनिक

- ६ मंसिर २०७२, आईतवार १२:४५ मा प्रकाशित


Reedam Rai albam jindagi
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ मंसिर ६ आइतबार । गायक, संगीतकार तथा गीतकार रिदम राईले आधुनिक गीति एल्बम ‘जीन्दगी’ सार्वजनिक गरेका छन । रिदमको यो एल्बम पहिलो एल्बममा सबै गीतमा शब्द तथा स्वर रहेको छ, भने ६ गीतमा संगीतपनि उनकै रहेको छ ।

Reedam Rai albam jindagi
सानैदेखि नेपाली साङ्गीतिक क्षेत्रमा योगान पुर्‍याउने सोच तथा रुचि भएकाले एल्बम निकालेको रिदमले बताए । एल्बम सार्वजनिक गर्दै गायक रिदमले भने, ‘सानैदेखि गायक बन्ने सपना बोकेर आएको हु’ । जीन्दगीमा ‘जीन्दगी’ एल्बम ल्याएर एउटा सपना पुरा गरेको छु ।’ हाल रोजगारीको सिलसिलमा कतारमा बस्दै आएका रिदमले भने, ‘निकै मिहिनेत गरेर एल्बम ल्याउन सफल भएको छु । अब दर्शक तथा सबै नेपाली गीतसंगीतका फ्यानहरुको साथ र सहयोगको अपेक्षा गरेको छु’, गायक रिदमले बताए ।

Reedam Rai albam jindagi1
रिभेन्ज म्युजिक क्रियशनले बजारमा ल्याएको एल्बममा ८ गीत समावेश गरिएको छ । ८ गीत मध्ये ६ गीतमा गायक राईकै संगीतपनि रहेको छ । २ गीतमा भने शंकर थापा र निलम रोजु राईको संगीत रहेको छ । एल्बममा जीन्दगी एउटै, आज तिम्रो पलपल, तिमी मेरो, रोकी दिन्छु, मेरो माया, जुनीजुनी र मैले गाउने बोलका गीत रहेका छन । तीमध्ये दुईटा गीतमा गायक रिदमलाई गायिकाद्वय मेनुका राई र कला राईले स्वरमा साथ दिएका छन ।

प्रतिक्रिया