Bisal Chautari Logo

केकी अधिकारी अब गिटारिष्टपनि || ‘बागमती’को गीत सार्वजनिक

- २३ कार्तिक २०७२, सोमबार ०६:३१ मा प्रकाशित


keki adhikari and BISHWO NEPALI song SANU EKLAI CHAU
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ कात्तिक २३ सोमबार । पुष २४ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ’बागमती’को गीत सार्वजनिक गरिएको छ ।’ सानु एक्लाई छौ’ बोलको सार्वजनिक गीतमा बिश्व नेपालीको स्वर रहेको छ । विजय सत्यलको शब्द रहेको यस गीतमा ए.यस.रामको संगीत रहेको छ ।

keki adhikari and BISHWO NEPALI song SANU EKLAI CHAU
यस गीतमा नायिका केकी अधिकारीले गिटारिष्टको भुमिका निभाएकी छिन् । र गायक बिश्व नेपालीलाई फिचरिंग गरिएको छ । नेपाली बजेटमा बनेको अहिलेसम्मकै सर्वाधिक महंगो नेपाली फिल्म ‘बागमती’ को यस अघि ट्रेलरले बजारमा राम्रो चर्चा मात्रै पाएको छैनकि महानायक राजेश हमालको कमब्याक गराउन समेत चर्चा चल्न थालेको छ । महानायक राजेश हमालको कमब्याक गराउने चर्चा सगै बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको चलचित्र बागमतीलाई साउथ शैलीमा निर्माण गरिएको छ । यस फिल्मको पर्दामा देखिने कलाकार र केहि निर्माता बाहेक काम गर्ने सबै दक्षिण भारतीय हुन् । यसका निर्देशक सन्नी केरला दक्षिण भारतीय हुन् भने फिल्मको प्राविधिक काम पनि नेपाल बाहिरै गरिएको छ ।फिल्ममा नेपाली कलाकारहरु राजेश हमाल, शिब श्रेष्ठ, केकी अधिकारी,रविकर प्रसाद घिमिरे मुकुन्द श्रेष्ठ, धु्रव कोइराला, कञ्चन ठकुरी लगायतको अभिनय रहेको छ । फिल्मलाई ट्रि इन्टरटेन्टमेन्टको ब्यानरमा दिनेश दर्शनधारी र बिजय सत्यालले निर्माण गरेका हुन ।

SANU EKLAI CHAU || सानु एक्लै छौ || BAGMATI || BISHWO NEPALI || NEW NEPALI SONG

Tree Entertainment Presents
Nepali Feature Film “BAGMATI”
SANU EKLAI सानु एक्लाई छौ
Singer: Bishwo Nepali
Lyrics: Vijay Satyal
Music Re-Direction: Jyoti Ghimire & Shyam Maharjan
Actors: Rajesh Hamal, Shiva Shrestha, Ravikar Prasad Ghimire, Keki Adhikari, Kanchan Thakuri
Cinematographer: Shiju Guruvayoor
Action: Rajkumar Upreti
Producer:Dinesh Darshandhari, Vijay Satyal
Director: Sunny Kerela

प्रतिक्रिया