Bisal Chautari Logo

मोड्लिङमा जम्दै मदन दुमी राई

- २१ कार्तिक २०७२, शनिबार १४:४५ मा प्रकाशित


Madan Dumi Rai nepali model
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ कात्तिक २१ शनिबार । नेपाली मोड्लिङ क्षेत्रमा छोटो समयमै आफ्नो नाम परिचित बनाउन सफल हुन्, मदन दुमी राई । मोड्लिङमा संर्घस गरेको २ वर्षमा मदनले एक दर्जन भन्दा बढी म्युजिक भिडियोहरुमा काम गरिसकेका छन् ।

Madan Dumi Rai nepali model
मदन दुमी राईले मोड्लिङको सुरुवात गायक पदम राईको ‘तिम्रो यादमा’ बोलको गीतबाट गरेका थिए । Madan Dumi Rai nepali model (2)फेसनमा धनी पुर्वको धरानबाट मोड्लिङ सुरुवात गरेका मदनलाई सुरुवातीको समयमा खासै गाह्रो नभएको बताउछन् । तर उनले मोड्लिङमा आफुलाई परिपक्क बनाउनका लागी भने धेरै दुख गरेको बताउछन् । मदनले मोड्लिङमा आउनका लागी डान्स क्लास, एक्टिङ लगायत मोड्लिङमा आवश्यक पर्ने सबै पक्षहरु सुरुवात गरेको बताउछन् ।
पुर्वबाट मोड्लिङको सुरुवात, अनी धेरै आफन्त चिनजानको कामहरु गरेकाले पनि मोड्लिङमा लागेर खासै कमाइ नगरेको मोडल मदन बताउछन् । मोड्लिङमा लागेर यती उती कमाए भन्नु भन्दापनि काम राम्रो गर्न उनी रुचाउछन् । भन्छन्, ‘–मोड्लिङमा बढी कामई छैन ।’
मोडल मदन दुमी राईले बताए अनुसार पुर्वमा गर्ने कामहरु म्युजिक भिडियोमा ५ हजार लिने गरेपनि अव आउदा दिनहरुमा आफ्नो रेट अनुसार चल्ने बताए । मदनले मोड्लिङसंगै अब चलचित्रहरुमा पनि काम गर्ने सोच बनाएका छन् । किनभने उनी मोड्लिङमा आउनभन्दा अगाडी चलचित्र ‘नोभेम्बर रेन’मा काम गरेका थिए । सो कारणपनि चलचित्रमापनि छिर्ने उनको सोख रहेको छ ।
मोड्लिङ, चलचित्रसंगै मोडल मदन दुमी राई टेलिसिरियलमापनि काम गरेका छन् । उनले कान्तिपर टेलिभिजनबाट प्रशारण हुने ‘किलो ट्याङग माइक’मा काम गरेका छन् ।

प्रतिक्रिया